2026-09-14 12:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेलिकोप्टरबाट काठमाडौँ पुर्याएकी सुत्केरीलाई बचाउन सकिएन

दलसिंह गिरी/मंसिर २६, काकिोट । जिल्ला अस्पताल कालीकोटमा शल्यक्रिया गरी सुतकेरी गराइएकी चन्द्रा शाहीको निधन भएको छ । 

खाँडाचक्र नगरपालिका–१ की चन्द्रा शाहीलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएकी शाहीको सोमबार राती शल्यक्रिया गरी बच्चा निकालेपछि उनलाई अत्याधिक रक्तश्राप भए पछि थप उपचारका लागि हेलिकोप्टर चार्टर गरी मंगलबार बिहान काठमाडौ लगिएको थियो  । 

काठमाडौं अस्पतालमा पुर्याए लगत्तै सुत्केरीको मृत्यु भएको मृतक शाहीका आफन्त धिरेन्द्रबहादुर शाहीले बताए । ‘राती नै हेलिकप्टर ल्याएर उपचार गर्न सकिएन्’ उनले भने, ‘बिहान मौसम खराबीका कारणले हेलिकप्टर ढिला भयो । काठमाडौं पुर्याए लगत्तै मृत्यु भयो ।’ 

सोमबार राती अप्रेसन गरेर छोरा जन्मिएपछि शाहीको अत्याधिक रक्तश्राव भएका कारणले हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला अस्पताल कालिकोटका डा. कौशल अलिले बताए । ‘अवस्था निकै जटिल थियो । राती अप्रेशन गरेर बच्चा निकालियो’ उनले भने, ‘रक्तश्राव अत्यधिक भएपछि हेलिकप्टरमार्फत थप उपचारका काठमाडौं पठाइएको हो ।’

सुत्केरी शाहीको मृत्यु भएपनि जन्मिएको बच्चा स्वस्थ्य रहेको जिल्ला अस्पताल कालिकोटका डा. अलिले बताए । ‘गर्भवती भएको ४२ हप्ता पुग्दा पनि सुत्केरी व्यथा नलागेको र औषधि प्रयोग गरी सुत्केरी व्यथा लगाउँदा पाठेघरको मुख खुल्दा पनि बच्चा नजन्मिए पछि अप्रेशन गरी बच्चा जन्माईएको हो’ उनले भने, ‘पाठेघर च्यात्तिएर अत्याधिक रक्तश्राव भएर केश जटिल भएपछि नेपाल सरकारको लगानीमा हेलिकप्टर चार्टर गरेर रिफर गरिए हो ।’

जिल्ला अस्पताल कालिकोटबाट यस आर्थिक बर्षमा १ सय ६३ जना महिला जिल्ला अस्पतालमा सुत्केरी हुन आएका मध्ये तीन जना सुत्केरीलाई हेलिकप्टर चार्टर गरेर जिल्ला अस्पतालबाट र १ जना गाडीबाट गरी ४ जना रिफर गरिएको जिल्ला अस्पताल कालिकोट जनाएको छ । 

जसमध्ये रिफर गरिएका एक जना महिलाको बाटोमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ