2026-09-14 12:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बहुमुल्य धातु अवैध उत्खलन् गर्दै भारत निकासी

मंसिर २६, कालिकोट । जिल्लाको कालिका गाउँपालिका–३ भर्ताको मदाने क्षेत्रमा रहेको बहुमुल्य धातु काईनाइट अवैध उत्खलन् भइरहेको छ । 

विपिन एण्ड अभि खनिज उद्योग प्रा.लि. तथा अन्य दुई ठेकेदारले भर्ताको बुकिमालिका सामुदायिक वनमा रहेको खानीबाट ठुलो परिणाममा अवैध रुपमा काइनाइट उत्खनन् गरी भारत निकासी गरिरहेका छन् । गाउँपालिका, वडापालिका, जिल्ला समन्वय समितिको अनुमति विना नै अवैध रुपमा राजश्व छलेर निकासी भइरहेको छ ।

राजश्व छलेर रातारात अवैध निकासी गरिहेको कालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले बताए । ‘काइनाइट उत्खनन्का नाममा २० मिटरका बङकर वनाएर सयौं रुखहरु नष्ट गरिएका छन्’ उनले भने, ‘ठाउँठाउँमा पहिरो गइरहेको अवस्था छ ।’ 

विपिन एण्ड अभि खनिज उद्योगका सञ्चालक गोपाल पाण्डे, ठेकेदार डवलसिंह माझी, हरिचन्द्र चलाउने लगायतले स्थानीयसँगका मिलेमतोमा बहुमुल्य ढुङ्गा भारततिर अवैध निकासी गरिरहेको कालिका गाउँपालिका वडा नंम्वर ३ अध्यक्ष धनराज शाही बताए । 

‘सरोकारवालाहरुले चासो नदिँदा यस प्रदेशकै आर्थिक सम्भावना बोकेको यो खानी नष्ट भइरहेको छ’ उनले भने, ‘हामीले रोक्नका धेरै प्रयास गरेको भए पनि अझैँ रोक्न सकिएको छैन् ।’ 

विपिन एण्ड अभि खनिज उद्योग प्रा.लि.ले ०५९ असारमा ठेकेदार माझीले ०६५ र चलाउनेले ०५९ सालमा खानी तथा भूगर्भ विभागवाट उत्खनन् इजाजत पत्र लिएका थिए । डेढ दशकसम्म ठेकेदारहरुले गाविस, जिविस हाल गाउँपालिका वडापालिकामा राजश्व तिरेका छैनन् । खानी उत्खनन्का लागि जंगलभित्र कामदारहरुलाई बस्नलाई टहरा वनाइएका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि तत्कालका लागि भनेर उत्खनन् कार्य रोक्न लगाइए पनि रातारात अवैध उत्खनन् भइरहेको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले बताए । ‘विपिन एण्ड अभिले उत्खलन् कार्य सुरु गरेदेखि एउटा आर्थिक वर्षमा मात्र जिविसमा राजश्व तिरेका वाँकी आर्थिक बर्षमा राजश्व तिरेका छैनन्’ उनले भने, ‘कुनै निकायमा पहल गर्दा पनि अवैध खानी उत्खलन् रोक्न सकिएको छैन् ।’ आर्थिक वर्ष २०७१÷०७२ मा मात्र ३४ हजार ४ सय राजश्व तिरेको बाँकी आर्थिक बर्षहरुमा कर छली गरेको वडा सचिव मोहन न्यौपाने बताए ।

‘एउटा आर्थिक बर्षको राजश्व मात्र जिल्ला विकास समितिलाई तिरेका छन्’ उनले भने, ‘अन्य दुई जनाले ठेकेदारहरु डवलसिंह माझी र हरिचन्द्र चलाउनेले हालसम्म राजस्व तिरेका छैनन् ।’ खनिज उत्खनन् गर्नु अघि खोज तलासका क्रममा वन विभागवाट अनुमति लिनुपर्ने हुन्छ ।

वातवरण संरक्षण, नियम अनुसार जंगल फडानी नगरी खनिज झिक्ने प्रक्रिया सुरु गर्नु पर्ने जिल्ला वन कार्यालय कालिकोटका सहायक वन अधिकृत विमल शर्माले बताए । ‘१ घनमिटरमा रहेको ३ मिटर वरावरमा क्षेत्रमा रहेको काइनाइट उत्खनन् गर्न पाउने खानी तथा भूगर्भ विभागको नियममा रहेको छ’ उनले भने, ‘अवैध रुपमा उत्खनन् नहोस् भनेर स्थानीय साविकको गविसको बजेटवाट चौकीदार राखिए पनि उनीहरुकौ मिलमतोमा अवैध उत्खनन् भएको छ ।’

वडापालिकाको बैठक बसेर पुराना चौकीदार हटाएर नयाँ ६ जना नियुक्त गर्ने निर्णय भएको वडाध्यक्ष धनराज शाहीले बताए । ‘ठेकेदारहरुले रातारात गुण्डा लगाएर सार्वजनिक सामुदायिक वन कब्जा गरेर बसेका छन्’ उनले भने, ‘स्थानीय सरकारलाई राजश्व नतिरी खनिज उत्खनन् गरी अवैध निकासी गरिरहेका छन् ।’ कालिका गाउँपालिका–३ भर्ताको  ३६ सय ९९ हेक्टर क्षेत्रफलमध्ये २ हजार ७ सय ७९ हेक्टर मदाने वन क्षेत्रमा बहुमुल्य काईनाइट रहेको छ । 

खनिज उत्खनन् गर्नका लागि सयौं कामदार घर टहरा बनाएर वन क्षेत्रभित्र बस्ने गरेपछि रुखहरु कटान गर्नुका साथै वन्यजन्तुको चोरीसिकारी समेत वढेको जिल्ला वन रक्षक बीरेन्द्रप्रसाद आचार्यले बताए । ‘ठुला ठुला वंकरहरु खनेपछि वन क्षेत्रका पानीका मुहान समेत सुकेका छन्’ उनले भने, ‘वन क्षेत्रमा पाइने पाँचऔले, कटुको, सतुवा, अत्यासी लगायत जडिवुटीको पनि अवैध निकासी भइरहेको छ ।’ 

खानी तथा भूगर्भ विभागको नियम २१ को उपनियम १ अनुसार गार्नेट काइनाइटप्रति केजी ३ रुपैयाँ औद्योगिकस्तरको प्रतिटन ५० रुपैयाँ राजश्व राज्यलाई तिर्नु पर्ने खानी तथा भूगर्भ विभाग ऐनमा उल्लेख गरिएको छ । तर, त्यस विपरित जिल्लामा रहेको काईनाइट खानीको अवैध उत्खलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ