२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

प्रविधिले उपचार छिटो, छरितो र भरपर्दो बन्दै

२९ मंसिर २०७४, शुक्रबार ०३:२५

मङ्सिर २९, पाल्पा । नेपालमा स्वास्थ्य उपचार पद्दतिमा आधुनिक प्रविधिले जटिल रोगको उपचार छिटो, छरितो र भरपर्दो बन्दै गएको छ । नयाँ प्रविधिले नेपालमा चिरेर शल्यक्रिया गर्ने चलन विस्तारै हराएको र एउटै प्वालबाट शल्यक्रिया हुने काम अघि बढेको छ । 

नेपाल शल्य चिकित्सक समाजको ११औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा पाल्पा, तानसेनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तथा प्रा डा सिएल भट्टचनले विश्वले अवलम्बन गरेको प्रविधि नेपालको शल्य चिकित्सा क्षेत्रमा अवलम्बन गर्ने र देशका जनताले पाउने स्वास्थ्य सेवालाई निरन्तरता प्रदान गर्दै लैजाने मूल उद्देश्य रहेको बताउनुभयो । 

उहाँले पहिलेजस्तो एउटै चिकित्सकले सबै बिरामीलाई उपचार गर्नुपर्ने बाध्यता हटेको र सम्बन्धित विषय अध्ययन गरेको चिकित्सकले मात्र सम्बन्धित क्षेत्रका बिरामीको उपचार गर्ने बताउनुभयो । 

समाजका महासचिव रुपेश मुखियाले नेपालको स्वास्थ्य प्रणाली व्यवस्थित तथा समयसापेक्ष वृद्धि गर्दै लैजानका लागि २१औँ शताब्दीमा नयाँ प्रविधिको प्रयोग नेपालमा समेत बढेको बताउनुभयो । उहाँले नेपालमा जटिल रोगको उपचार नयाँ प्रविधिका कारण सहज बन्दै गएको बताउनुभयो । 

लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेलले जटिल रोगको उपचारमा बिरामी आर्थिक समस्या भोग्न परेकाले बीमाबाट राज्यले बिरामीको समस्या हल गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले नेपालको स्वास्थ्य उपचार क्षेत्र महँगो बन्दै गएकाले गरिब तथा विपन्न समुदायका मानिसलाई उपचारमा समस्या हुने भएकाले समाधानतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो । 

चिकित्सक राष्ट्रिय सम्मेलन आजदेखि 

नेपाल शल्य चिकित्सक समाजको ११औँ राष्ट्रिय सम्मेलन तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभाषमा आजदेखि शुरु हुँदैछ । 

भोलिसम्म चल्ने सम्मेलनमा नेपालभरका २०० भन्दा बढी शल्य चिकित्सकको सहभागिता रहनेछ । सम्मेलनमा शल्य चिकित्सा विधाअन्तर्गत रहेका जनरल सर्जरी, न्यूरो सर्जरी, ग्यास्ट्रो सर्जरी र युरोलोजी सेवा आदि विषयमा ३२ वटा आमन्त्रित प्रवचन, ११ वटा अवार्ड पेपर, ३६ वटा प्रिपेपर र १६ वटा पोस्टर डिस्प्ले गरिनेछ । 

त्यस्तैगरी दुईदिने पूर्ण शैक्षिक तथा प्राविधिक विषयगत वर्कसपले नेपालभित्र यस विधामा कार्यरत प्राध्यापक, सह–प्राध्यापक, उपप्राध्यापक तथा आवासीय चिकित्सकलाई नयाँ प्रविधि बारेमा जानकारी हुनेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य