२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आगलागीमा दुई लाख ५० हजारको क्षति

२०७४, २९ मंसिर शुक्रबार ०७:३१

मङ्सिर २९, इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिका–१ रामनगर भुटहामा बिहीबार साँझ आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको छ । 

स्थानीय जियाहुद्दिन मियाँ र सरद अन्सारीको घरमा आगलागी हँुदा सो मूल्य बराबरको क्षति भएको हो । जियाहुद्दिनको घरबाट खाना पकाउने क्रममा सल्केको आगो उहाँको एकतले घर र नजिकै रहेको शरद अन्सारीको एकतले घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

जियाहुद्दिन र शरदको घरमा आगलागी भएपछि घरमा रहेको अन्नपात, लत्ताकपडा, फर्निचर सामग्रीलगायतका सामान पूर्णरुपले जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । 

आगलागी इनरुवा नगरपालिकाबाट गएको वारुण यन्त्र, प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे