2026-09-14 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

निर्वाचित उम्मेद्वार घरदैलोमा, बाचा नभुल्न मतदाताको आग्रह

पुस १, कालिकोट । भखर्रै सम्मन्न प्रतिनीधि सभा तथा प्रदेशसभाका निर्वाचित सांसदहरु मतदातालाई धन्यवाद दिन घरदैलो अभियानमा जुटेका छन् । 

उनी बिहानैदेखि मतदाताको घरदैलोमै पुगेर बधाई तथा सम्मान थापिरहेका हुन् । प्रतिनीधिसभा बिजयी भएका माओवादी केन्द्रका नवनिर्वाचित सांसद दुर्गाबहादुर रावत, प्रदेशसभा ‘क’ सांसद कुर्मराज शाही अहिले मतदातासँग घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन् भने प्रदेश नं. ६ मुख्यमन्त्री दावी गरिरहेका महेन्द्रबहादुर शाही निर्वाचित भए लगत्तै पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका र पलाता गाउँपालिकामा तीन ठाउँमा मतदातासँग कार्यक्रम गरेर काठमाडौं लागेका छन् ।

निर्वाचन अघि घरदैलो सकेका उनीहरुले अहिले पनि कार्यतालिका नै बनाएर मतदाताको घरदैलोमा पुगिरहेका स्थानीयसँग राय सल्लाह सुझाव लिन लागेको नवनिर्वाचित प्रदेशसभाका सांसद कुर्मराज शाहीले बताए । ‘हामी जनताबाट चुनिएर आएका छौं ।’ उनले भने, ‘उहाँहरुको आवश्यकता राय सल्लाह र सुझाव लिन व्यस्त रहेका छौं ।’

आफूलाई मत दिएर विजयी गराउने मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा गएर वहाँहरुलाई धन्यवाद दिने र मतदाता आर्शिवाद लिने काम भइरहेको प्रतिनीधिसभाका सांसद दुर्गबहादुर रावतले बताए । ‘हिजोका दिनमा मत माग्दै जहाँ–जहाँ गइयो । 

अहिले त्यही ठाउँका मतदातासँग पुगेर आर्शिवाद लिने धन्यवाद दिने कार्यक्रममा व्यस्त छु’ उनले भने, ‘निर्वाचनमा मैले गरेको बाचा पुरा गर्न जनताबाट सल्लाह लिने काम गरिरहेको छु ।’

प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचनमा पराजित उम्मेदवार पनि अहिले मतदाताहरुको घरदैलोमा पुगेका छन् । आफुहरु पराजित भएपनि मतदाताहरुले आफुलाई मत दिएका कारणले धन्यवाद दिन गाउँगाउँमा पुगेका हुन् । 

जनताहरुको मतले जित्न नसकेपनि जनताहरुको मन जित्नका लागि अहिले आफुलाई मत दिन जनताको घरदैलो अभियानमा रहेको नेपाली कांग्रेस प्रतिनीधिसभाका उम्मेदवार भुपेन्द्रजंग शाहीले बताए । ‘मलाई मतदाताहरुले मत दिएका हुन् । मैले तर, जित्न सकिनँ’ उनले भने, ‘मतले जित्न नसके पनि अहिले म जनताहरुको मन जित्न गाउँमा नै छु ।’

गाउँगाउँ पुगेका उम्मेदवारहरुलाई मतदाताहरुले मत माग्दा गरेका बाचा नभुल्न आग्रह गरेका छन् । जहिले पनि मत माग्दा विकास, समृद्धिका कुरा गर्ने र जितेर गएपनि त्यो कहिल्यै पुरा हुने नभएका कारणले निर्वाचित सांसदहरुलाई चुनावमा गरिएका बाचा नभुल्न आग्रह गरेका हुन् । 

सधै नेताहरुले एउटै कुरा मात्र गर्ने बिजयी भएपनि त्यसलाई भुल्ने गरेकोले अहिले गाउँ गाउँमा रहेको सांसदहरुलाई चुनावमा गरेको बाचा नभुल्न पचालझरना गाउँपालिका वडा नं. ६ का स्थानीय पटकबहादुर शाहीले आग्रह गरे । 

‘चुनावमा नेताहरुले जनतालाई समृद्धि विकासको आधार देखाउँदै मत मागेका थिए’ उनले भने,‘त्यसलाई नुभल्न हामी नवनिर्वाचित सांसदलाई आग्रह गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ