2026-07-26 04:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

दिल्लीवाट एक महिलाको उद्धार, बिचौलिया नियन्त्रणमा

माधव बेल्वासे/पुस ३, कपिलवस्त । रोजगारीको लागि दिल्ली हुदै तेस्रो मुलुक पुर्याउन लागेकी एक महिलाको भारतको दिल्लीबाट आइतवार उद्धार गरिएको छ ।

मेचीनगर झापा घर भएकी वर्ष ४० की उक्त महिलालाई मनिषा शिवाकोटी नाम गरेकी एक महिलाले  कुबेतमा रोजगारीको लागि पठाउने बाहानामा दिल्ली पुर्याएर नौसाद नामक एक भारतीय व्यक्तिको जिम्मा लगाई आफु त्यहाँवाट फरार भएको पिडीत महिलाले बताएकी छिन् ।

केही समय अगाडि भारतका विभिन्न सामाजिक संघसंस्थासंगको भेटघाट र छलफलको क्रममा के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराई र दिल्ली महिला आयोग प्रमुख स्वाती मतियाल  बीच बेचबिखनमा परेका नेपाली महिला तथा बालबालिकाहरुको उद्धार र पुनस्र्थापना कार्यमा सहकार्य गर्ने सहमति भए बमोजिम दिल्ली महिला आयोग र के.आई. नेपालले दिल्लीको कमालपुर क्षेत्रमा छापा मारेर उक्त महिलाको उद्धार गर्न सफल भएको हो । 

नेपाली महिलाहरुलाई भारत हुदै तेस्रो मुलुकममा रोजगारीको बहानामा पुर्याउने कार्यका पुरै गिरोह सक्रिय रहेको स्वीकार गरेका नौसादलाई प्रहरीले पक्राउ गरेको छ भने रोजगारीको वाहानामा दिल्लीमा अन्य नेपाली महिलाहरु पनि यसरी नै वन्धक बनाएर राखिएको हुन सक्ने आशंका व्यक्त गर्दे दिल्ली महिला आयोगले यस घटनाप्रति गम्भीर भएको बताएको छ । 

विगतका वर्षहरुमा झै यस वर्ष पनि दुई महिनाको अन्तरालमा ३ महिला तथा ३ किशोरीको उद्धार गरी परिवारमा पुनर्मिलन गराउन सफल यस संस्थाले भारतको विभिन्न ठाउँमा रहेर बेचबिखनको जोखिममा रहेकाहरुको उद्धार र पुनस्र्थापना गरी सीप समेत सिकाई आत्मनिर्भर वनाउने र परिवार तथा समुदायमा पुनर्मिलन गराउने कार्यलाई निरन्तर दिदै प्रभावकारी रुपमा अघि बढीरहेको संस्थाका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली