२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेताले देखाएका सपनाले पेट भरिन्न, भारत नआएर के गर्नु ?

४ पुष २०७४, मंगलवार ०७:३९

– कल्पना पौडेल | पुस ४, नयाँदिल्ली (रासस) | “नेताले देखाएका सपनाले पेट नभरिने रैछ, त्यसैले परदेशमा आउनुपर्यो ।” अछामका रामबहादुर विष्टको यो गुनासो हो । 

नयाँदिल्लीको कनार्टप्लेसमा भेटिनुभएका उहाँ भन्नुहुन्छ, “धेरै पटक चुनाव भयो, जान पाइएन, गएको भए पनि नेता जितेर जहाज चढेर काठमाडौँ जान्थे, हामी चाँही फेरी झोला बोकेर परदेशिनु पर्थ्यो ।” 

खेल्ने उमेरमै बुबाको हात समातेर कमाउन भारत आउनुभएका विष्ट उमेरको पचासौँ दशकमा पनि पहिलेकै स्थितिमा हुनुहुन्छ । काम गर्न बचपनमा भारत पसेका धेरैको बुढ्यौली पनि भारतमा काम गर्दागर्दै बित्छ । 

“कहिले मुम्बई, कहिले दिल्ली, कहिले राजकोट गर्दै आधा जीवन बित्यो, बाल्यकाल यही गयो, जवानी पनि आए गएको पत्तै भएन तर आफ्ना देशमा कहिले काम गरेर दुई छाक खान पुग्ने दिन आउला ।” 

घरमा दुई पैसा कमाउने कोही नभएपछि छिमेकीको पछि लागेर भारत आउनुभएका बझाङका तप्त शाहीले भन्नुभयो, “मेरा बाआमाले यही काम गरेर जीवन बिताउनुभयो, अब उहाँहरु बिरामी भएर काम गर्न नसक्ने भएपछि म आएँ, खासै कमाइ हुन्न, केही बचत भए अर्को देश जान्थेँ अलि पैसा हुन्थ्यो होला ।” 

स्वदेशमा आम्दानीको स्रोत नभएपछि धेरै नेपाली भारतका विभिन्न ठाउँमा कामका लागि आएका छन् । भारतीय सेनादेखि होटलका भाँडा सफा गर्ने अनि सरकारी कार्यालयका महत्वपूर्ण पदमा काम गर्ने पनि नेपाली भेटिन्छन् दिल्लीमा तर भारत पसेकाको ठूलो संख्या भने सानोतिनो काममै अल्झेका छन् । 

“कति श्रम शोषणमा पर्छन्, कतिलाई अन्याय पर्छ कति लुटिन्छन्, कुटिन्छन् त्यसको हिसाब कसैसँग छैन, अर्काको देश हो, सहनुको अर्को विकल्प हुन्न”, भन्नुहुन्छ पर्वतका विष्णु भट्टराई । 

कुराकानीका क्रममा भेटिनुभएका उहाँहरू नयाँदिल्लीका विभिन्न होटलमा काम गर्नुहुन्छ । 

तनहुँका जितबहादुर थापा बताउनुहुन्छ, “मैले भारतको आयुर्वेदिक औषधि उत्पादन गर्ने कम्पनी एमिलमा काम गरेको २८ वर्ष भयो । दाइले यहाँ लगाइदिनुभएको थियो, मलाई निकै राम्रो छ ।” 

एमिलका उपाध्यक्ष नरेश शर्मा जितबहादुर कम्पनीका एक विश्वास पात्र हुनुहुन्छ प्राय नेपालीहरु काममा इमान्दर, अनुशासित र मेहनती भएको आफूले पाएको बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “जितबहादुर हाम्रा विश्वास पात्र हुनुहुन्छ उहाँको लगनशीलताले नै लामो समयसम्म पनि उहाँ सबैको प्रिय व्यक्तिरुपमा चिनिनुभएको छ ।” 

पहिलेजस्तो पछिल्लो समयमा भारतमा रोजगारीका लागि आउने युवाको संख्या घटेको जितबहादुरको अनुभव छ । उहाँ भन्नुहुन्छ, “आजकल भिसा लगाएर धेरै खाडी मुलुक जान्छन्, यहाँ आउने त उही पहिलेदेखि उमेर पुगेका, विदेश जान पर्याप्त पैसा नभएका व्यक्ति मात्र छन् ।” 

आफ्ना सन्तानलाई भने अर्काको देशमा काम नगराउने चाहना नभएको भन्दै उहाँले १८ र १६ वर्षका छोरा र श्रीमतीलाई नेपालमै राख्नुभएको छ । जितबहादुरले काम गर्ने एमिलको नयाँदिल्ली कार्यालयमा अन्य आठजना नेपाली कार्यरत छन् । 

नयाँदिल्लीमै स्थायी घरवासको व्यवस्था गरिसक्नुभएका दाङ लमहिका दुर्गा कुमाल भन्नुहुन्छ, “देशका सबै युवा बाहिर भएपछि कसरी विकास हुन्छ, नेपालमै राम्रो रोजगारीको विकास गर्न सके त देशमै घरपरिवार छाडेर को विदेश पस्छ होला ? 

कामका सिलसिलामा मुम्बई जाने शिलशिलामा दिल्लीमा आफन्त भेट्न पस्नुभएका अछामका बज्जिसिंह राउत अहिले नेपालमा बसेर घर व्यवहार चलाउन कठिन भएकाले बिदेशिनु बाध्य हुनुपरेको पिडा पोख्नुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “चार छोराछोरी छन्, छोरोलाई जसोतसो सिएमए पढाएँ तर जागिर मिलेको छैन, उसलाई काम गर्न भारत आउन नपरोस् भनेर दुःखले पढाएँ, छोरीको बिहे भयो, ३५ वर्ष भयो भारत आउन जान थाल्या अझै कति वर्ष यतै बित्ने हो ?” 

आफ्नो देशमा साँझ बिहानको छाक टार्न समस्या भएपछि धेरै नेपाली कामका लागि भारत जाने आउने गर्छन् । कोही लामो समय उतै बसेर कहिलेकाहीँ आउँछन् भने कोही छ महिना भारत छ महिना नेपाल गर्छन् । 

देशमा स्थानीय, प्रदेश र संघको निर्वाचन भइसकेको अवस्थामा देशभित्रै विकास भई रोजगारी सिर्जना हुन सकेमा भारत र तेस्रो मुलुकमा पसिना बगाउन नपर्ने उहाँहरुको चाहना छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य