२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु

२०७४, ५ पुष बुधबार ०६:५१

पुस ५, जाजरकोट । जिल्लामा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको छ । 

सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको हो । अतिक्रमण गरिएका घरटहरा आफँै हटाउन पटक–पटक गरेको सूचना अटेर गरेपछि जिल्ला वन कार्यालयले हटाउन शुरु गरेको हो । 

अतिक्रमणकारीले सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गा तथा वन क्षेत्र अतिक्रमण गरेर ३०० घरटहरा निर्माण गरेका छन् । उनीहरुले पक्की घरसमेत निर्माण गरेका छन् । 

पहिलो चरणमा मंगलबारदेखि बजारको मुख्य स्थान भेरी नगरपालिका–३ थाप्लेचौरमा निर्माण गरिएका टहरा हटाउन थालिएको छ । अतिक्रमण गरिएका घरटहरा हटाउन शुरु गरिएको जिल्ला वन अधिकृत उपेन्द्र पटेलले जानकारी दिनुभयो । 

अतिक्रमणकारीलाई वन ऐनअनुसार कारबाही गर्ने उहाँले बताउनुभयो । भेरी नगरपालिकाले समेत अतिक्रमित घरटहरा हटाउन सूचना जारी गरेको छ । जिल्ला वन कार्यालयसँग समन्वय गरेर नगर क्षेत्रभित्र अतिक्रमण गरी बनाएका सबै घरटहरा हटाइने नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ