Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्लाहीको राजघाटबाट बेवारिसे सालको रुखको गोलिया बरामद

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सरोज यादव | पुस ५, सर्लाही | प्रहरीले सर्लाहीको राजघाटबाट बेवारिसे अवस्थामा रहेको तीन थान सालको रुखको गोलिया बरामद गरेको छ ।

बागमती नगरपालिका वडा न – ८ स्थित बागमती नदीको किनारबाट मंगलबार दिउँसो ६० क्युफिट को १ लाख २० हजार रुपैया मुल्य बराबरको सालको गोलिया बरामद गरिएको प्रहरीले जानकारी गराएको छ ।

प्रहरी चौकी राजघाट र रौतहटको चन्द्रनिगाहपुर बाट खटेको संयुक्त प्रहरी टोलीले उक्त गोलियाहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बरामद गरिएको तिनवटै सालको गोलियाहरु आवश्यक अनुसन्धानको लागि इलाका वन कार्यालय चन्द्रनिगाहपुर लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ ।