२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तु डान्स आइडल भइन् ऐश्वर्या

२०७४, ६ पुष बिहीबार ०३:५०

पुस ६, कपिलवस्तु । जिल्लाको वाणगंगा–७ वनगाईको पारिजात माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत विद्यार्थी ऐश्वर्या पौडेलले साताँै कपिलवस्तु डान्स आइडलको उपाधि जित्न सफल हुनुभएको छ । 

यही मंसिर २३ गतेदेखि जितपुर रंगशालामा जारी नवाँै कपिलवस्तु महोत्सवमा सञ्चालन भएको साताँै डान्स आइडल प्रतियोगितामा ५० प्रतिस्पर्धीलाई पछि पार्दै उहाँ प्रथम हुन सफल हुनुभएको हो । उहाँले उपाधिसँगै नगद रु ५५ हजार ५५५ सहित आकर्षक पुरस्कार प्राप्त गर्नुभएको छ । 

बुधबार सम्पन्न आइडल प्रतियोगितामा द्धितीय स्थानमा आवर विज्डम बोडिङ स्कुलमा अध्ययनरत एलिसा सारुले नगद रु ३५ हजार ५५५ सहित आकर्षक पुरस्कार पाउनुभएको छ भने तृतीय स्थान मोतिपुर सामुदायिक विद्यालयमा अध्ययनरत मोनिका हमालले प्राप्त गर्नुभएको छ । उहाँले पनि नगद रु २५ हजार ५५५ सहित आकर्षक पुरस्कार प्राप्त गर्नुभयो । 

जिल्लाभित्र सर्वाधिक चर्चा बटुलेको डान्स आइडलको उपाधिलाई जिल्लावासीले महत्वका साथ हेर्ने गरेका छन् । महोत्सवको बुधबार युवा तथा खेलकुदमन्त्री राजन केसीले समापन गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ