2026-09-14 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

स्विडेनको चाईल्ड टु चाईल्ड अभियानले रोल्पाका टुहुरा बिद्यार्थीलाइ गरे सहयोग

गोपाल चन्द | पुस ८, रोल्पा । नमुना बिद्यालय निर्माण अभियान अन्तर्गत सिद्दार्थ माध्यमिक बिद्यालय सुकिदह ३ घोप्टेओढारका गरिब, अपांग, जेहेन्दार, टुहुरा तथा द्धण्द्धपिडित बालबालिकाहरुले सहयोग पाएका छन ।

एनआरएन स्विडेनको अगुवाईमा चाईल्ड टु चाईल्ड अभियान मार्फत स्विडेनमा बसोबास गर्ने नेपालीका बालबालीकाहरु द्वारा आफ्नो मासिक ५० क्रोनर खाजा खर्चबाट कटौती गरि ६ महिनाको एकमुष्ट रकम १,८७,१४५ (एक लाख सतासी हजार एक सय पैंतालीस) नगत रकम सहयोग प्राप्त भएको हो ।

चाईल्ड टु चाईल्डु कार्यक्रमबाट सिद्दार्थ माविका ५३ जना बिद्यार्थीहरु (गरिब, अपांग, जेहेन्दार, टुहुरा तथा द्धण्द्धपिडित) छनौट भएका थिए । उक्त बिद्यार्थीहरुलाई शनिबार पुष ८ गते एक कार्यक्रमको आयोजन गरि बिद्यालयले शैक्षिक सामाग्री प्रदान गरेको छ ।

सुकिदह गाउँपालिकाका शिक्षा प्रमुख शेर बहादुर डाँगीको प्रमुख आतिथ्यमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको थियो । तीनै विद्यार्थीहरुलाइ बिद्यालय पोशाक र किताब बोक्ने झोला पनि चाडै उपलब्ध गराउने नमुना बिद्यालय अभियानका संयोजक प्रेम बहादुर वलीले बताए ।

गैरआवासिय नेपाली संघ स्विडेनका अध्यक्ष अर्जुन श्रेष्ठको बिशेष पहलमा २ बर्षका लागि यस बिद्यालयका गरिब, अपांग, जेहेन्दार, टुहुरा तथा द्धण्द्धपिडित बालबालिकाहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराउने सम्झौता भएको थियो ।

यसअघि एनआरएन स्विडेनको सहयोगमा बनेको २ कोठे भवनको उद्घाटन गरे संगै एनआरएन स्विडेनको अगुवाइमा बालबालिकाहरुका लागि पुनः थप सहयोग कार्यक्रममा हातेमालो गरेको हो ।

यसरी स्विडेनबाट बालबालिकाहरुले सहयोग पाए पछि खुसी ब्यक्त गरेका छन । स्विडेनबाट सहयोग गर्नुहुने नेपालीहरु प्रती बिद्यालय परिवार, विद्यार्थीहरु र स्थानिय समुदायले धन्यवाद ब्यक्त गरेका छन । साथै यो अबसर जुराइदिने गैरआवासीय नेपाली संघ स्विडेनलाइ पनि आभार ब्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ