२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फोक्सिङटारमा बेलिबृज जडान, दिक्तेल र पुर्बी तराईसम्म सिधा यातायात शुरु

२०७४, ९ पुष आईतवार ०६:४९

चिसाङ शेर्पा | पुस ९, खोटाङ | नदीमा पानीको बहाव घटेपछी खोटाङ सदरमुकाम दिक्तेलबाट उदयपुरको गाईघाट र पुर्बी शहर जोड्ने फोक्सिङटारमा अवस्थित सुनकोशी नदीमा अस्थाई बेलिबृज जडान कार्य सकिएको छ । आर्थिक वर्ष २०५१/०५२ मा निर्माण सुरु गरिएको १ सय ३१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज जडान गरिएसँगै शनिबारदेखि जिल्लाबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने सिधा बाटो खुलेको छ ।

हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी १५ दिन अघिदेखिे बेलिबृज जडान कार्य शुरु गरिएको थियो । फोक्सिङटारमा ५० मिटर लम्बाई र ५ मिटर चौडाई भएको बेलिब्रिज जडान कार्य सकिएछि दिक्तेल गाईघाट सडकखण्डमा यातायातका साधन सञ्चालन शुरु भएको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका इन्जिनियर कमलप्रसाद यादवले बताए । 


सुनकोशी नदीमा स्थायी पुल निर्माण कार्य सम्पन्न हुन नसक्दा दिक्तेल गाईघाट सडकखण्डमा वर्षायाममा यातायात सुचारु नहुने हुनाले वर्षमा सात महिना उक्त सडकखण्ड बन्द हुने गर्छ । हिउँदमा पाँच महिना सुनकोशी नदीमा बेलिबृजको जडानपछि मात्र यातायात सञ्चालन हुने हुनाले बेलिबृजको भरपर्दै आउनु परेको यातायात व्यवसायीहरु बताउँछन् ।

सुनकोसी, दूधकोसी, तामाकोसी, लिखु र ईन्द्रावतिगरि पाँचवटा नदी मिसिएर बग्ने फोक्सिङटारमा अस्थायी बेलीब्रिज सञ्चालन भएपछि जिल्लाबाट यातायातका सवारी साधन छुटाउन थालिएको यातायात व्यवसायी संघ खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने