१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

विद्युत् नहुँदा पर्यटकीय गुफाबजार अन्धकारमा

१० पुष २०७४, सोमबार ०४:११

पुस १०, तेह्रथुम । केन्द्रीय प्रसारण लाइनको विद्युत् जडानमा ढिलाइ हुँदा तेह्रथुम र संखुवासभाको सीमावर्ती पर्यटकीय गुफाबजार अन्धकारमै रहेको छ । 

पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको गुफाबजार, सुकेबजार र जोरपोखरी बजार क्षेत्र विद्युत् नहुँदा अन्धकार बनेको हो । 

चैनपुर नगरपालिका–१ नूनढाकीस्थित यी बजार नजिकैसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ । तर यी बजारमा विद्युत् विस्तारका लागि बजेट अभाव हुँदा ढिलाइ भइरहेको छ । विद्युत् नहुँदा गुफा, सुके र जोरपोखरी बजारका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । 


यहाँका बासिन्दाले १७ वर्षयता प्रयोग गर्दै आएको सिमखर्क जलविद्युत् आयोजना जीर्ण बनेपछि पाँच वर्षयता सास्ती व्यहोर्दै आएका छन् । दशवर्षे ग्यारेण्टी दिएको आयोजनाबाट धेरै लाभ लिए पनि केन्द्रीय प्रसारण लाइनको विद्युतीकरणमा ढिलाइ हुँदा दुःख व्यहोर्नु परिरहेको गुफाबजारको मकालु होटलका सञ्चालक हरिप्रसाद खनालले बताउनुभयो । 

उहाँका अनुसार १५ दिनयता जलविद्युत् आयोजनाको मेसिन बिग्रिएर विद्युत् अवरुद्ध छ । विद्युत् नहुँदा गुफाबजार पुगेका पर्यटकसमेत प्रभावित हुने गरेका छन् । विद्युत् नभएपछि मोबाइल चार्ज, क्यामेरा चार्ज, खाना पकाउन, पानी तताउन तथा रातमा बत्ती बाल्न समस्या भएको स्थानीयवासी बताउँछन् । 

बजारमा विद्युत् विस्तारका लागि दुई वर्षअगावै विद्युत् विस्तार समिति बनिसकेको छ । विद्युतीकरणका लागि स्थानीयवासीले समेत आवश्यक रकम जम्मा गर्न प्रतिघरधुरी रु १५ हजारसम्म जम्मा गरिसकेका छन् । तर तत्कालै विद्युत् विस्तार नभएको गुनासो उनीहरुको छ । 

विद्युतीकरणका लागि केही पोल र तारको अभाव हुँदा विद्युतीकरण गर्न ढिलाइ भएको विद्युत् विस्तार समितिका सचिव केदारनाथ लिम्बूले बताउनुभयो । अहिले केन्द्रीय प्रसारण लाइनको पोल र तार सुकेबजार नजिककै गुफापोखरी आधारभुत विद्यालयसम्म पुगेको छ । 

पटकपटकको पहलपछि बल्ल आएको लाइन पनि विस्तार गर्न ढिलाइ भएको विद्यालयकी प्रधानाध्यापक हिमा खनाल बताउनुहुन्छ । चालु आर्थिक वर्षमा विद्युत् विस्तारका लागि नगरपालिका र वडा कार्यालयसँग पहल भइरहेको स्थानीयले बताएका छन् । सन् २००० तिरै पर्यटकीय बजारमा विद्युतीकरणका लागि गोरखा वेल्फेयर सर्भिसले होली काँदुरीमार्फत जलविद्युत् आयोजना र खानेपानी आयोजना बनाएको थियो । 

तर मुहान नै सुक्दै जान थालेपछि अहिले यो मुहानको खानेपानीले बजारवासीलाई पुग्दैन । विद्युत्का लागिसमेत पाँच वर्षयता हिउँदमा निकै समस्या आइरहेको छ । बजारवासीले केन्द्रीय प्रसारण लाइनको विद्युत् यथाशीघ्र जडान गरिदिन माग गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल