२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

विद्युत् नहुँदा पर्यटकीय गुफाबजार अन्धकारमा

२०७४, १० पुष सोमबार ०४:११

पुस १०, तेह्रथुम । केन्द्रीय प्रसारण लाइनको विद्युत् जडानमा ढिलाइ हुँदा तेह्रथुम र संखुवासभाको सीमावर्ती पर्यटकीय गुफाबजार अन्धकारमै रहेको छ । 

पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको गुफाबजार, सुकेबजार र जोरपोखरी बजार क्षेत्र विद्युत् नहुँदा अन्धकार बनेको हो । 

चैनपुर नगरपालिका–१ नूनढाकीस्थित यी बजार नजिकैसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ । तर यी बजारमा विद्युत् विस्तारका लागि बजेट अभाव हुँदा ढिलाइ भइरहेको छ । विद्युत् नहुँदा गुफा, सुके र जोरपोखरी बजारका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । 


यहाँका बासिन्दाले १७ वर्षयता प्रयोग गर्दै आएको सिमखर्क जलविद्युत् आयोजना जीर्ण बनेपछि पाँच वर्षयता सास्ती व्यहोर्दै आएका छन् । दशवर्षे ग्यारेण्टी दिएको आयोजनाबाट धेरै लाभ लिए पनि केन्द्रीय प्रसारण लाइनको विद्युतीकरणमा ढिलाइ हुँदा दुःख व्यहोर्नु परिरहेको गुफाबजारको मकालु होटलका सञ्चालक हरिप्रसाद खनालले बताउनुभयो । 

उहाँका अनुसार १५ दिनयता जलविद्युत् आयोजनाको मेसिन बिग्रिएर विद्युत् अवरुद्ध छ । विद्युत् नहुँदा गुफाबजार पुगेका पर्यटकसमेत प्रभावित हुने गरेका छन् । विद्युत् नभएपछि मोबाइल चार्ज, क्यामेरा चार्ज, खाना पकाउन, पानी तताउन तथा रातमा बत्ती बाल्न समस्या भएको स्थानीयवासी बताउँछन् । 

बजारमा विद्युत् विस्तारका लागि दुई वर्षअगावै विद्युत् विस्तार समिति बनिसकेको छ । विद्युतीकरणका लागि स्थानीयवासीले समेत आवश्यक रकम जम्मा गर्न प्रतिघरधुरी रु १५ हजारसम्म जम्मा गरिसकेका छन् । तर तत्कालै विद्युत् विस्तार नभएको गुनासो उनीहरुको छ । 

विद्युतीकरणका लागि केही पोल र तारको अभाव हुँदा विद्युतीकरण गर्न ढिलाइ भएको विद्युत् विस्तार समितिका सचिव केदारनाथ लिम्बूले बताउनुभयो । अहिले केन्द्रीय प्रसारण लाइनको पोल र तार सुकेबजार नजिककै गुफापोखरी आधारभुत विद्यालयसम्म पुगेको छ । 

पटकपटकको पहलपछि बल्ल आएको लाइन पनि विस्तार गर्न ढिलाइ भएको विद्यालयकी प्रधानाध्यापक हिमा खनाल बताउनुहुन्छ । चालु आर्थिक वर्षमा विद्युत् विस्तारका लागि नगरपालिका र वडा कार्यालयसँग पहल भइरहेको स्थानीयले बताएका छन् । सन् २००० तिरै पर्यटकीय बजारमा विद्युतीकरणका लागि गोरखा वेल्फेयर सर्भिसले होली काँदुरीमार्फत जलविद्युत् आयोजना र खानेपानी आयोजना बनाएको थियो । 

तर मुहान नै सुक्दै जान थालेपछि अहिले यो मुहानको खानेपानीले बजारवासीलाई पुग्दैन । विद्युत्का लागिसमेत पाँच वर्षयता हिउँदमा निकै समस्या आइरहेको छ । बजारवासीले केन्द्रीय प्रसारण लाइनको विद्युत् यथाशीघ्र जडान गरिदिन माग गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश