१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिआईजी रमेश खरेल सहितको टोली छानविनमा सकृय भएसँगै कालिकोटको जनजीवन सामान्य

१० पुष २०७४, सोमबार १४:२३

दलसिंह गिरी | पुस १०, कालिकोट । म्यादी प्रहरी हत्याको घटनाको छानविनका लागि कालिकोट आएका डिआईजी रमेश खरेल सहितको छानविन टोली जिल्ला सदरमुकाम मान्म पुगे संगै कालिकोटको जनजीवन सामान्य बनेको छ । शुक्रबारदेखि तनावग्रस्त रहेको जिल्ला सदरमुकाम मान्म छानविन टोली पुगे संगै आज सोमबार जनजीवन सामान्य बनेको हो ।

स्थानीय प्रशासनले ३ दिन देखि लगाएको कफर््यु सोमबारबाट हटाएको छ । प्रहरी प्रशासनले म्यादीप्रहरीलाई दिइने सेवासुविधाको केही रकम कटौती गरी कम दिएको भन्दै धर्नामा बसेका म्यादी प्रहरीलाई गएको शुक्रबार प्रहरीले नियन्त्रणमा लिन खोज्दा दोहोरो झडप भै प्रहरीले गोली चलाउदा म्यादी प्रहरी विवेक ऐडीको ज्याएपछि आन्दोलनले उग्ररुप लिएको थियो । म्यादी प्रहरीको आन्दोलन नियन्त्रण भन्दा बाहिर गएपछि प्रशासनले ३ दिन देखि कफ्र्यू लगाएको थियो ।


प्रशासनले आज सोमबारबाट कफर्यू हटाएपछि बिहानैदेखि मान्मका पसलहरु खुलेका छन् भने बजारमा मानिसहरुको आवत जावत पनि बढेको छ । कर्णाली राजमार्गमा चल्ने सवारी साधनहरु आ–आफ्नो गन्तब्यमा गएका छन् ।

म्यादी प्रहरीको मृत्यु भएपछि सरकारले गृह मन्त्रालयका सह–सचिव मानबहादुर वि.क संयोजक, समितिका सदस्य नेपाल प्रहरीका डिआइजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआइजी प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका लक्ष्मण गुरुङ सोमबार जिल्लामा पुगेका छन् । घटनाको छानविन गर्न आएको टोलीले जिल्लामा आए लगत्तै पीडित परिवार र नागरिक समाजका प्रतिनिधीसंग छलफल गरेको छ भने राजनीतिक दल र जनप्रतिनिधिसंग पनि छलफल गरेको छ ।


सरकारले यस अघि ऐडीको परिवारलाई १० लाख क्षतिपुर्ति दिने र घाइतेको निःशुल्क उपचार गराउने निर्णय गरिसकेको छ । ऐडीका परिवारले घटनाका दोषीलाई हदैसम्मको कारवाही र मृतकलाई सहिद घोषणाको माग गर्दै मृतकको शव नबुझ्ने भन्दै जिल्ला प्रशासन कार्यालय कालीकोटको गेटमा धर्ना दिइरहेका­ छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित