२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ जनवादी क्रान्तिको तयारीमा बैद्य माओबादी

२०७४, ११ पुष मंगलवार ०८:४८

पुस ११, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव मोहन वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनमा नेपालमा नयाँ जनवादी क्रान्तिको तयारी गर्नु आजको कार्यभार भएको बताउनुभएको छ । 

कम्युनिष्ट नेता माओ त्सेतुङको १२५औँ जन्म दिवसका अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै नेता वैद्यले क्रान्तिलाई अगाडि बढाउनका लागि माओले देखाएको बाटामा दृढतापूर्वक अगाडि बढ्न आह्वान गर्नुभएको छ । 

विज्ञप्तिमा भनिएको छ, “सिंगो विश्वका साथै नेपालमा पनि क्रान्तिका लागि साम्राज्यवाद र दक्षिणपन्थी संशोधनवादद्वारा भीषण अवरोध तथा चुनौती तेस्र्याइएका छन् । यस प्रकारको कार्यभार वहन गर्नका लागि माओ दिवसले हामीलाई विशेष ऊर्जा र उत्प्रेरणा प्रदान गर्दछ ।” 

माओले चीनमा मात्र होइन विश्वक्रान्तिकै निम्ति सैद्धान्तिक हतियार प्रदान गरेको उल्लेख गर्दै वैद्यले उनको ऐतिहासिक योगदान सबैका लागि अविस्मरणीय रहेको जनाउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा