२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महाकालीमा पुल निर्माणको तीव्र गतिमा

२०७४, ११ पुष मंगलवार ०८:५८

पुस ११, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ स्थित ओदालीमा निर्माण गरिने महाकाली नदीको चार लेनको पुल निर्माणको तयारी धमाधम हुँदैछ । 

गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेपश्चात् पुल निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीले निर्माण सामग्री जडानदेखि कच्चा पदार्थ संकलन कार्य तीव्र गतिमा गरिरहेको छ । 

निर्माण कम्पनीले पुल निर्माणस्थल छेउमा क्रसर जडान, श्रमिकका लागि आवास, कार्यालय स्थापनाका साथै बालुवा÷ढुंगा र गिट्टी संकलन गरेको छ । ओदालीदेखि उत्तरतर्फ गड्डाचौकीसम्म निर्माण हुने चार लेनको सडकको सर्वे सकिएर नापीको काम सुरुआतको चरणमा रहेको महाकाली पुल योजना कार्यालय भीमदत्तनगरका प्रमुख प्रदीप भण्डारीले जानकारी दिनुभयो । 

“तीन साताभित्रमा सडकको नापीको काम सकिएपछि जग्गा मुआब्जाको काम शुरु हुन्छ”– योजना प्रमुख भण्डारीले रासससित भन्नुभयो, “निर्माण कम्पनीले पनि साइडमा विभिन्न प्लान्ट र क्याम्प स्थापना गरिसकेको छ ।” 

मुआब्जाका लागि सरकारले चालु आर्थिक वर्षमा रु १० करोड रकम विनियोजन गरिसकेको छ । सडकमा पर्ने जग्गाको मुआब्जाका लागि सो रकम विनियोजन गरिएको हो । मुआब्जा वितरणपछि सडक निर्माणको काम शुरु हुने भण्डारीले बताउनुभयो । 

पुलका लागि क्रसर प्लान्ट, ब्याचिङ प्लान्ट, क्याम्प, पुलका लागि करिब ७० हजार घरमिटर ढुंगा तथा बालुवा संकलन भइसकेको निर्माण कम्पनीले जनाएको छ । पुलसँगै महाकाली नदी वारि करिब छ किमी र पारि दोधाराचाँदनीतर्फ डेढ किमी चार लेनको सडकसमेत निर्माण हुनेछ । 

“पुलका लागि चालु आवमा रु ५५ करोड रकम आएको छ” महाकाली पुल योजना कार्यालयका प्रमुख भण्डारीले भन्नुभयो, “पुल निर्माणको तयारी सन्तोषजनकरुपमा अघि बढिरहेको छ ।” उहाँले सडकमा पर्ने रुख कटानीका लागि सम्बन्धित कार्यालयलाई पत्राचारसमेत भइसकेको जानकारी दिनुभयो । 

रु तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा निर्माणको सम्झौता भएको छ । निर्माण अवधि तीन वर्ष तोकिएको छ । पुल निर्माण भए कञ्चनपुर नेपाल–भारतको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकसित हुने स्थानीयवासीको अपेक्षा रहेको छ । रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण