१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा जातीय सद्भावका लागि सडक नाटक

१२ पुष २०७४, बुधबार ०४:२१

पुस १२, रोल्पा । विविध जाति, भाषा, धर्म र सांस्कृतिक समुदायबीच सद्भाव अभिवृद्धि गर्दैै सांस्कृतिक सहिष्णुता कायम राख्ने उद्देश्यसहित रोल्पा सदरमुकाम लिवाङमा सडक नाटक तथा सांस्कृतिक कार्यक्रम गरिएको छ । 

मानवअधिकार तथा कानूनी सेवा केन्द्र, रोल्पाको आयोजना र सुनछहरी कलाकेन्द्र रोल्पाको प्रस्तुतिमा सम्पन्न सो कार्यक्रम सम्पन्न भएको हो । 


कार्यक्रममा फरकफरक समुदाय र जातजातिका संस्कारको अपमान गर्दा समाजिक सम्बन्ध बिग्रनुका साथै द्वन्द्वसमेत निम्तने भएकाले सबैको संस्कारलाई सम्मान गर्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको मानवअधिकार तथा कानूनी सेवा केन्द्र, रोल्पाका खेमबहादुर बुढामगरले जानकारी दिनुभयो । 

नाटकमा कलाकारले मगर, गुरुङ, ठकुरी तथा खस आर्य जातिको सांस्कृतिक झलकसहित नृत्यसमेत प्रस्तुत गरेका थिए । 

मुलुकमा जातजाति, भाषा, धर्म र भौगोलिकताका आधारमा विभेद आउन नहुने भन्दै सबै समुदायका बीच प्रगाढ सम्बन्ध बनाउने सन्देश प्रस्तुत भएको थियो । 

पैतालिस प्रतिशतभन्दा बढी जनजाति समुदायको बाहुल्यता रहेको रोल्पामा खस क्षेत्रीको संख्या छत्तीस प्रतिशत रहेको छ । जिल्लामा करिब १५ प्रतिशत दलितको बसोबास रहेको छ । 

संघीयता कार्यान्वयनसँगै जातजाति, भाषा, धर्म र भूगोलका नाममा भविष्यमा हुनसक्ने सम्भावित द्वन्द्वलाई यस्ता कार्यक्रमले न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी