2026-09-24 02:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब युएई र साउदी अरबमा कामदारले मासिक कर तिर्नुपर्ने, सामानहरु ५% भन्दा बढी महंगीने

पुस १२, काठमाडौँ | १ जनवरी २०१८ देखि मलेसियामा कामदारले तिर्नुपर्ने लेवी हटाएपछी त्यहा जाने कामदार खुसि छन् । तर यता नेपाली श्रम गन्तब्य मध्ये सबैभन्दा आकर्षक गन्तब्य युएई र साउदी अरवमा भने कामदारहरुले कर तिर्नुपर्ने भएको छ । 

साउदी अरब र युनाइटेड अरब एमिरेट्ससहित तेलबाट समृद्ध खाडी देश विश्वभरमै ‘ट्याक्स फ्री ‘ का लागि प्रख्यात देश हो । तेलकै कारण यहाँ कामदारहरुले कर तिर्नुपर्दैन थियो । तर अब भने कमाई भएको निश्चित रकम सरकारलाई तिर्नुपर्ने भएपछी तलब काटिने निश्चित भएको छ । कमाइको कर तिर्नुपर्ने भएपछी यी दुई देशमा गएका नेपाली कामदारहरु समेत प्रभावित हुने भएका छन् ।

तेल ब्यापारमा ह्रास आएपछी देशको अर्थतन्त्र धान्न साउदी अरब र युएईले १ जनवरी २०१८ देखि ‘भ्यालु एडेड ट्याक्स’ प्रणालीको सुरुवात गर्ने भएका हुन् । दुवै देश गल्फ कोपरेसन काउन्सिलका सदस्य हुन् जसले भ्याट लागू गर्न पहल गरेका छन् । गल्फ कोपरेसन काउन्सिलका अन्य सदस्यमा कुवेत, बहराइन, ओमान र कतार पनि सामेल छन् । 

‘भ्यालु एडेड ट्याक्स’ प्रणाली लागु भएलगत्तै यी दुबई देशमा अब खाद्य सामग्री, कपडा, इलेक्ट्रोनिक ग्यासोलिन, फोन, बिजुली र पानी आपूर्तिमा समेत ट्याक्स लाग्नेछ । यसरी अधिकांश सामानमा ट्याक्स लाग्दा यहाँ अहिले पाइने सामान अब कम्तिमा पनि ५ प्रतिशत महँगो हुने अनुमान छ ।

अब यो नियमबाट साउदीमा ५ लाख र यूएईमा ३ लाख १३ हजार नेपालीलाई प्रभाव पर्ने भएका छन् । कामदारलाई ट्याक्स लाग्ने भएपछी नेपाली कामदार पनि स्वत: ट्याक्सको दायरामा पर्छन । दैनिक उपभोग्य सामान र तलबमै ट्याक्स लाग्ने भएपछी उनीहरुले नेपाल पठाउने मासिक रेमिट्यान्समा समेत प्रभाव पर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी