2026-09-19 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा शिक्षक कुटपीटको घटना कान समातेर उठबसपछि मिलापत्र

नरी बडु/पुस १२, बैतडी । जिल्लाको पुचौँडी नगरपालिका– ८ मल्लादेहीका शिक्षक गणेश साउदलाई कुटपीट गरी घाईते बनाउने व्यक्तिले सबै गाँउलेहरुको उपस्थितिमा गल्ती स्यूकार गरी आजउपरान्त घटना नघटाउने भनि कान समातेर उठबस गरेपछि घटना मंगलबार मिलापत्र भएको छ ।

गएको पुष २७ गते विद्यालयबाट घर फर्कदै गरेका शिक्षकमाथि कुटपिट गर्नेलाई वडा कार्यालयमा कान समातेर उठबस गराईएपछि घटना मिलापत्र भएको वडा अध्यक्ष जनक विष्टले बताए । शिक्षक साउदलाई स्थानीय बिरसिह साउदले कुटपीट गरी घाईते बनाएका थिए ।

घाईते शिक्षक कैलालीको घनगढी स्थित सेती अञ्चल अस्पतालमा उपचार गरी फर्केपछि घटना मिलापत्र भएको हो । पुरचौंडी नगरपालिका–८ का करीब एक सय ५० जनाको उपस्थीतिमा दण्ड स्वरुप आरोपीलार्ई तीन चोटी कान समातेर उठबस गराइएको हो ।

स्थानीय प्रहरी चौकीले दुई हप्ता अघि देखि मिलाउन नसकेको उक्त घटना वडा अध्यक्ष जनक बिष्टले दुबै पक्षको सहमती अनुसार नै कान समातेर उठबस गराउँदै टुंग्याएको बताएका छन् ।

पुरचौडी नगरपालिका–१० स्थीत गलेश्वर माबिका शिक्षक साउदले घर फर्किर्दै गर्दा बाटो पर्खेर बसेका स्थानीय बीर सिंह साउदले कुटपिट गरेको भन्दै स्थानीय पुरघाट प्रहरी चौकीमा पुष २८ गते उजुरी दिएका थिए । 

धनगढी गएर उपचार गराएको रु ३५ हजार रकम तिर्न सोमबार पुरघाँट चौकीमा दुबै पक्ष बसेर सहमतीको प्रयास गरेपनि सफल हुन नसक्दा पीडित पक्षले इलाका प्रहरी कार्यालय पाटन आउने तयारी गरेको थियो ।

वडा कार्यालय र पीडितले उपचारमा लागेको ३५ हजार तिर्ने अथवा पाँच चोटी कान समातेर उठबस गर्ने विकल्प दिएपछि कुटपिट गर्ने साउदले स्थानीयको अगाडि कान समातेर उठबस गरेका हुन् ।

पीडकले रु १० सम्म तिर्नसक्ने सहमती जनाएपनि उक्त रकम आफूले नलिएको शिक्षक गणेश साउदले बताए । दुबै पक्षलाई राखेर उनिहरुकै चाहना अनुसार मिलापत्र गराएको अध्यक्ष बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो