१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारको महंगी र नाकाबन्दिको चपेटामा नेपाली

१२ पुष २०७४, बुधबार १३:५२

पुस १२, कतार । करिव ६ महिना अघि कतारमा सुरु भएको नाकाबन्दीको असर देखिन थालेको छ । कतार सरकारले कतारमा नाकाबन्दिको असर हटाउन हरमजबुर प्रयास गरेपनि आयातित सामान सस्तो मूल्यमा दिन सकेको छैन । नाकाबन्दी अघि सिधै युयी तथा साउदी अरबबाट आउने सामानहरु अहिले अन्य देशबाट हवाई मार्ग प्रयोग गरेर ल्याउनुपर्दा महँगो भएको छ । जसको कारण महँगो सामान किन्न नचाहने हुँदा ब्याबसायीहरु मारमा परेका छन् ।

नेपालीको ठुलो श्रम गन्तब्य मध्ये एक कतारमा नाकाबन्दी पछी महंगीको कारण पहिलेजस्तो सस्तो पाइन्न । देशमा उत्पादन हुने बाहेक बाहिरबाट आयात हुने सामग्रीहरुको भाउ महँगो छ । नाकाबन्दि पछी ताजा ताजा तरकारी तथा फलफूल समेत आयातमा असर परेको छ । 

महंगीको कारण सामान किन्न नसक्ने अवस्था हुँदाहुँदै पनि भनेजति समान किन नपाइने तथा पाईएपनि महँगो पर्दा समस्या छ । साउदी नेतृत्वमा कतारलाई नाकाबन्दी लगाइएकोले कतारमा नाकाबन्दीको समस्या थप जटिल बनेको छ । नेपालजस्तो भुपरिवेष्ठित राष्ट्र नभए पनि धेरै सामानमा साउदीसँग भर परेको कतारलाई जुनसुकै आयातित सामानमा अहिले समस्या परेको छ । नजिकबाट ल्याउँदा सस्तो हुनेथियो तर अहिले त्यो स्थिति छैन । 


महंगीको कारण आयात गर्नुपर्ने सामान पहिलेभन्दा ४/५ गुणा बढेको छ । बिशेषगरि कम मूल्यको सामानको मूल्यमा महंगी बढेको बताइएको छ । त्यसोत सामान्य कामदारको पहुँच रहेका साना पसलेहरुले मनलाग्दी ठगी गरिरहेका खबर पनि छ । कागती, आलु, ब्याज, गोलभेडाहरु वजारमा प्राय अभाब भईरहेका छन् । पहिले १ रियाल पर्ने आलुलाई अहिले ५ रियालसम्म तिर्नु परेको छ । ४ रियालमा पाउने गोलभेडा १० रियाल पर्छ, त्यसको कारण कतिपय नेपालीहरुले गोलभेडा समेत किन्न छाडेका छन्  ।


नाकाबन्दीको कारण रोजगारीमा गएका नेपालीहरुसमेत प्रभावित भएका छन् । धेरै कमाई हुनेहरुलाई खासै समस्या नभएपनि कम कमाई हुनेहरुको लागि महंगीले सताएको छ । 

नाकाबन्दीका कारण साउदी अरव, संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनका दर्जनभन्दा बढी ठुला कम्पनी बन्द भइसकेका छन् । ती कम्पनीमा कार्यरत नेपाली फर्किसकेका छन् । 

नाकाबन्दीको कारण हजारौ कामदारलाई रोजगार दिने बुम कन्ट्रक्सन, सिसिसि, सिडिसी, अल मन्नाई ट्रेडिङ, सप्तन टेडिङ एण्ड कन्टक्सन, अल रुवावी, कतार इन्फास्टकचर, लेस, अल्माराई लगायतका कम्पनीले पछि बोलाउने भन्दै कामदार फिर्ता पठाइरहेका छन् । कतिपय कम्पनीले अर्को कम्पनीमा काम गर्न पाउने गरी कामदार छाडिदिएका छन् ।

आतंकवादलाई सहयोग गरेको भन्दै साउदी अरबको नेतृत्वमा छिमेकी देशहरुले कतारलाई गत जुन ६ देखि जल, हवाई र स्थल नाकाबन्दी गर्दै आएका छन् । यी देशले लगाएको आरोपलाई कतारले प्रतिवाद गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक