2026-09-14 12:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ दिनपछि विवेक ऐडिको अन्त्यष्टि, काठमाडौँ फर्कियो छानबिन टोली

पुस १२, कालीकोट । प्रहरीको गोली लागेर मारिएका म्यादी प्रहरी विवेक ऐडिको ६ दिनपछि बुधबार अन्त्यष्टि गरिएको छ ।

शुक्रबार प्रहरीको गोली लागेर ज्यान गुमाएका म्यादी प्रहरी ऐडिको बुधबार कालीकोटको शान्तिघाटमा अन्त्यष्टि गरिएको हो । मंगलबार मृतकका आफन्तहरुले जिल्ला अस्पताल कालिकोटमा पोष्टमार्टम पछि शव बुझेर शान्तिघाट लिएपछि बुधबार परम्परागत अनुसार अन्त्यष्टि गरिएको हो ।

म्यादी प्रहरीले ज्याला कम भएको भन्दै गरेको आन्दोलनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका विवेक ऐडीको घटनाको छानबिनमा आएको उच्च स्तरीय छानविन समिति पनि बुधबार काठ्माण्डौ फर्किएको छ । गृह मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा गठित समितिले कालिकोट आएर मृतकका आफन्त, विभिन्न सरोकारवालाहरु, स्थानीयबासीसँग बुझ्नुका साथै घटनास्थलको स्थलगत निरीक्षण गरि काठ्माण्डौ फर्किएको हो ।

गृह मन्त्रालयका सहसचिव मानबहादुर बिश्वकर्मा संयोजक, नेपाल प्रहरीका डिआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआईजी प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका डिआईजी लक्ष्मण गुरुङ रहेको टोलीले म्यादी प्रहरीले पाएको सेवा सुविधाको छानविनका साथै घटनाका अन्य तथ्याङ्कहरु संकलन गरेको छ । उच्च स्तरीय छानविन समितिका संयोक बिश्वकर्माले घटनाको छानविनमा कुनै कसुर बाँकी नराख्ने बताए ।

काठमाण्डौ फर्किनु अघि पत्रकारसँग कुरा गर्दै उनले आफुहरुले घटनाका सबै तथ्यहरु संकलन गरी लगेको र पीडितका मागहरुलाई सम्बोधन गर्न लाशको पोष्टमार्टम रिपोर्ट लगायतका प्रमाणका आधारमा गृहमा सिफारिस गर्ने जानकारी दिए । उनले छानविनका क्रममा म्यादी प्रहरीको सेवा सुविधामा कुनै अनियमितता नभएको पाईएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड