विमल धामी/पुस १४, कञ्चनपुर । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम शुक्रवार महेन्द्रनगरमा सम्पन्न भएको छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्वन्धि कञ्चनपुरका बेल्डाँडी, पुर्नवास र माहाकाली नगरपालिकाका स्थानीय मानव बेचबिखन नियन्त्रण समितिका सदस्यहरुलाई तालिम दिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी गराउनु भयो ।
उनका अनुसार पछिल्लो समयमा दलालहरुले खुल्ला नाकाहरु प्रयोग गर्न सक्ने भन्दै सिमा क्षेत्रका स्थानीय लाई तालिम दिईएको जानकारी गराउनु भयो । समाजमा हुने अपराधीक कृयाकलाप तथा नियत हिन ओसारपसार लाई रोक्न अभिमुखीकरण गराईएको हो ।
कार्यक्रममा सहभागी बेल्डाँडीकी सरस्वती शाहीले भने “ यो तालिमले हामीलाई ओसारपसार नियन्त्रणमा ठुलो ऊर्जा मिलेको र आफ्नो क्षेत्रमा तामिल बाट सिकेका कुरा कडाईका साथ लागु गर्ने बताउनु भयो ।”
बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाले भने “हाम्रो क्षेत्र खुल्ला नाका भएको क्षेत्र हो त्यहाँ बाट ओसारपसार नियन्त्रण गर्न आफुले समितिलाई गर्नुपर्ने सहयोगमा आफु कठिबद्ध रहने जनाउनु भयो ।” सहभागीहरुले यस्ता जनचेताना मुलक कार्यक्रमा धेरै भन्दा धेरै ल्याउनु पर्ने माग समेत गरेका थिए ।
माइती नेपाल कञ्चनपुरको आयोजनामा भएको कार्यक्रममा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइराला, अधिवक्ता खेमराज भट्ट, अधिवक्ता भगिरथ जोशी, पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष बिष्णु अवस्थी, महिला तथा वालवालिका कार्यालय महेन्द्रनगरकी अधिकृत जयन्ती गिरी, माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्ट लगायत प्रशिक्षकहरुले तालिम दिएका थिए ।