२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक विस्तार युद्धस्तरमा

१५ पुष २०७४, शनिबार ०४:४९

पुस १५, नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी’ सडक योजनाको काम तोकिएको समयभित्र पूरा गर्ने काममा तीव्र बनाइएको छ । 

काम शुरु भएको एक वर्षमा १० प्रतिशत मात्र सम्पन्न भएपछि तोकिएको लक्ष्य पूरा गर्न यही पुस १ गतेदेखि दैनिक आठ घण्टा सवारीसाधन सञ्चालनमा रोक लगाएर काममा दिइएको तीव्रताले पछिल्लो समय प्रगति उत्साहजनक रहेको योजना प्रमुख सुबोध देवकोटाले जानकारी दिनुभयो । 

विसं २०७३ पुस १ देखि शुरु भएको सडकको स्तरोन्नति तथा विस्तारको काम २१ महिनामा पूरा गर्नुपर्ने भए पनि निराशाजनक भएपछि लक्ष्य पूरा गर्न यातायात सञ्चालन बन्द गरी युद्धस्तरमा तीव्रता दिई तोकिएको समयमा पूरा गर्न सक्षम रहेको योजना प्रमुख देवकोटाको भनाइ छ । 


“सडक निर्माणको काम ढिलाइ हुनुका कारण खोजेर त्यसको समाधानका लागि प्रयास भइरहेकाले काममा तीव्रता र उत्पन्न समस्या समाधान पनि सँगसँगै अघि बढाइएको छ”, उहाँले भन्नुभयो, “सडक विस्तारका लागि घर, टहरा र जग्गाको मुआब्जा वितरण, सामुदायिक वन क्षेत्रमा सडक विस्तारका लागि अनुमति र विद्युतीय खम्बा स्थानान्तरणको समस्या समाधानको प्रयास भइरहेको छ ।” 

सडक विस्तारको काम सम्झौता अवधिभन्दा छ महिना थप गरी २७ महिना पु¥याइएको छ । उहाँले भन्नुभयो, “पहिलो पटक थप भएअनुसार विसं २०७५ फागुन ५ मा आयोजना पूरा गर्नुपर्ने नयाँ समयसीमामा काम सम्पन्न हुन्छ ।” पृथ्वीराजमार्गस्थित धादिङको गल्छीबाट शुरु भएर देवीघाट–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी हँुदै चीनको केरुङ प्रवेशद्वारसम्म जोडिने सडक ८२ किमी लम्बाइको हुने छ । सडक निर्माणअन्तर्गत ठेकेदार कम्पनीमार्फत भइरहेको ४६ किमी सडक (गल्छी–त्रिशूली–मैलुङ)को काम सम्झौता भएर काम शुरु भएको एक वर्षमा १० प्रतिशत मात्र रहेको प्रगति निराशाजनक भएकाले सुधार गर्न कामलाई तीव्र बनाउन ठेकेदार पक्ष कोभेक, टुण्डी र रसुवा कन्स्ट्रक्सन पक्षसमेतले प्रतिबद्धता जनाएका छन् । 

सडक निर्माणको शुरुआती समयको प्रगति निराशाजनक भए पनि पछिल्लो समय युद्धस्तरमा कामलाई तीव्र बनाइएकाले सडक विस्तारमा उत्पन्न समस्या सरकारी पक्षले समाधान गरेमा योजना पूरा गर्न सक्षम रहेको ठेकेदार पक्षका इ गौरीशंकर महतोले दाबी गर्नुभयो । 

गल्छीबाट शुरु भएर चीनसँगको सीमा क्षेत्र रसुवागढीसम्म जोड्ने सडक दुई लेनमा हुने भए पनि धादिङको गल्छी बजार र नुवाकोटको गँगटेदेखि ढुंगे बजारसम्म चार लेन बनाउन लागिएको छ । दुई लेन सडकमा ११ मि कालोपत्र हुने र सडकको केन्द्रदेखि दायाँबायाँ १५÷१५ मि जग्गा अतिक्रमण गरिने आयोजना पक्षले जनाएको छ । 

नेपाली सेना, ठेकेदार पक्ष र चीन सरकारमार्फत तीन खण्डमा काम भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किमी सडक ठेक्का पाएका तीन कम्पनीमध्ये टुण्डी निर्माण कन्स्ट्रक्सनले गर्दै आएको छ । 

रसुवाको मैलुङदेखि स्याफ्रुबेँसीसम्म १८ किमी सडक नेपाली सेना र बाँकी स्याफ्रुबेँसीबाट रसुवागढीसम्मको १८ किमी सडक चीन सरकारले निर्माण जारी राखेका छन् । 

रु नौ अर्ब ५० करोड लगानीमा निर्माण गर्न लागिएको सडकखण्डमध्ये ठेकेदार टुण्डी कम्पनीले रु तीन अर्ब ६३ करोड ९१ लाखमा ४६ किमी सडक निर्माण पूरा गर्ने जिम्मेवारी पाएको हो । 

चीनबाट नेपाल हुँदै भारत जोड्ने सबैभन्दा व्यवस्थित र छोटो दूरीको अन्तर्राष्ट्रिय सडक मार्गसमेत भएकाले रसुवा, नुवाकोट र धादिङसहित सिंगो मुलुकको आर्थिक विकासका लागि यो सडकलाई सामरिक महत्वका रुपमा समेत हेरिएको छ । रामहरि न्यौपाने/रासस 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य