१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

मंगले दम्पत्तीको घर बनाइदिन बर्षमान आफै रोल्पा जाँदै

१६ पुष २०७४, आईतवार ०४:५९

गोपाल चन्द | पुस १६, काठमाडौँ | बिबिसी मिडियाको लोकप्रिय कार्यक्रम साझा सवालमा अघिल्लो आइतवार प्रसारण भएको कार्यक्रम लाखौँले हेरे । जुन कार्यक्रम रोल्पाका सहिद परिवार र त्यहाँको वास्तविक समस्याको बारेमा केन्द्रित थियो ।

कार्यक्रममा माओवादी नेता बर्षमान पुन र उहाँकि पत्नी तथा पुर्व सभामुख ओनसरी घर्तिको बिशेष सहभागिता थियो । कार्यक्रमकै चरणमा माओवादीले चलाएको ससस्त्र जनयुद्धमा आफ्ना एकमात्र छोरा गुमाएका रोल्पाका सुनछहरी गाउँपालिका–७, जेलबाङका मंगले बुढा दम्पत्तिको अवस्था बुझेर पुर्व सभामुख ओनसरी घर्तिको आँशु थामिएन । त्यसको कारण थियो – आफ्नो छोरा गुमाएर पनि मंगले दम्पतिले आफ्नै घरमा नेता पुग्दा समेत कुनै इच्छा प्रकट गरेनन् । बरु पीडाको बीच ठट्टा गर्दै हसाईदिए । 



त्यसोत सरकारले सहिद परिवारलाई दिएको पैसा समेत उनले लिन नगएको बताउँदा बर्षमान पुन दम्पति अझै भावुक बनेका थिए । 

कार्यक्रमकै चरणमा माओवादी नेता बर्षमान पुनले भावुक हुँदै उहाँहरुलाई घर निर्माण गरिदिने र राहत रकम दिलाउने प्रतिबद्धता जनाएका थिए । बर्षमानले भनेका थिए- 'यस्तो हनुमा हाम्रो कमजोरी छ ।' कार्यक्रममा ओनसरी घर्तिले मंगले दम्पतिको बाँकी जीवन आफुले हेर्ने प्रतिबद्दता व्यक्त गरेकी थिइन् ।  


कार्यक्रम सकेर बर्षमान पुन काठमाडौँ फर्किए । लगत्तै बर्षमानले मंगले दम्पतिसँग गरेको प्रतिबद्धतालाई पहिलो प्राथमिकता दिए । प्राथमिकता स्वरूप अनन्तको पहलमा मंगले दम्पतिको लागि नयाँ घर बन्ने भएको छ । माओवादी नेता अनन्तले सांसद सुरक्षित आवास कार्यक्रम बनाएर उक्त कार्यक्रममार्फत सहिद परिवार मंगलेको घर निर्माण गर्ने सुर कसे र सोहि बमोजिम माघ २ गते माओवादी नेता बर्षमान आफै रोल्पाको जेलबाङ पुगेर मंगले बुढा दम्पत्तिको घर निर्माणको शिलान्यास गर्दैछन् । त्यसोत अनन्तकै पहलमा राज्यबाट सहिद परिवारले पाउनुपर्ने सबै रकम समेत मंगले परिवारले पाईसकेको छ । 

मंगलेका एकमात्र छोरा भुवन बुढा २०५३ पुसमा राज्यपक्षबाट मारिएका थिए । पूर्णकालीन कार्यकर्ता भई तत्कालीन नेकपा माओवादीको गाउँ कोर्डिनेशन कमिटिको सदस्य रहँदा उनी साविक सेरम गाविसको झंकी गाउँमा प्रहरीबाट मारिएका थिए । उनलाई गाउँमै विवाह भएकी छोरीले हेरचाह गरिरहेका छन् । 

कार्यक्रमको भिडियो हेर्न सक्नुहुन्छ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक