2026-09-14 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

मंगले दम्पत्तीको घर बनाइदिन बर्षमान आफै रोल्पा जाँदै

गोपाल चन्द | पुस १६, काठमाडौँ | बिबिसी मिडियाको लोकप्रिय कार्यक्रम साझा सवालमा अघिल्लो आइतवार प्रसारण भएको कार्यक्रम लाखौँले हेरे । जुन कार्यक्रम रोल्पाका सहिद परिवार र त्यहाँको वास्तविक समस्याको बारेमा केन्द्रित थियो ।

कार्यक्रममा माओवादी नेता बर्षमान पुन र उहाँकि पत्नी तथा पुर्व सभामुख ओनसरी घर्तिको बिशेष सहभागिता थियो । कार्यक्रमकै चरणमा माओवादीले चलाएको ससस्त्र जनयुद्धमा आफ्ना एकमात्र छोरा गुमाएका रोल्पाका सुनछहरी गाउँपालिका–७, जेलबाङका मंगले बुढा दम्पत्तिको अवस्था बुझेर पुर्व सभामुख ओनसरी घर्तिको आँशु थामिएन । त्यसको कारण थियो – आफ्नो छोरा गुमाएर पनि मंगले दम्पतिले आफ्नै घरमा नेता पुग्दा समेत कुनै इच्छा प्रकट गरेनन् । बरु पीडाको बीच ठट्टा गर्दै हसाईदिए । 

त्यसोत सरकारले सहिद परिवारलाई दिएको पैसा समेत उनले लिन नगएको बताउँदा बर्षमान पुन दम्पति अझै भावुक बनेका थिए । 

कार्यक्रमकै चरणमा माओवादी नेता बर्षमान पुनले भावुक हुँदै उहाँहरुलाई घर निर्माण गरिदिने र राहत रकम दिलाउने प्रतिबद्धता जनाएका थिए । बर्षमानले भनेका थिए- ‘यस्तो हनुमा हाम्रो कमजोरी छ ।’ कार्यक्रममा ओनसरी घर्तिले मंगले दम्पतिको बाँकी जीवन आफुले हेर्ने प्रतिबद्दता व्यक्त गरेकी थिइन् ।  

कार्यक्रम सकेर बर्षमान पुन काठमाडौँ फर्किए । लगत्तै बर्षमानले मंगले दम्पतिसँग गरेको प्रतिबद्धतालाई पहिलो प्राथमिकता दिए । प्राथमिकता स्वरूप अनन्तको पहलमा मंगले दम्पतिको लागि नयाँ घर बन्ने भएको छ । माओवादी नेता अनन्तले सांसद सुरक्षित आवास कार्यक्रम बनाएर उक्त कार्यक्रममार्फत सहिद परिवार मंगलेको घर निर्माण गर्ने सुर कसे र सोहि बमोजिम माघ २ गते माओवादी नेता बर्षमान आफै रोल्पाको जेलबाङ पुगेर मंगले बुढा दम्पत्तिको घर निर्माणको शिलान्यास गर्दैछन् । त्यसोत अनन्तकै पहलमा राज्यबाट सहिद परिवारले पाउनुपर्ने सबै रकम समेत मंगले परिवारले पाईसकेको छ । 

मंगलेका एकमात्र छोरा भुवन बुढा २०५३ पुसमा राज्यपक्षबाट मारिएका थिए । पूर्णकालीन कार्यकर्ता भई तत्कालीन नेकपा माओवादीको गाउँ कोर्डिनेशन कमिटिको सदस्य रहँदा उनी साविक सेरम गाविसको झंकी गाउँमा प्रहरीबाट मारिएका थिए । उनलाई गाउँमै विवाह भएकी छोरीले हेरचाह गरिरहेका छन् । 

कार्यक्रमको भिडियो हेर्न सक्नुहुन्छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ