पढ्न करिब 1 मिनेट लाग्छ

पुस १६, सुर्खेत । वीरेन्द्रनगरमा जारी अन्तर माध्यामिक विद्यालय स्तरीय प्याब्सन कप क्रिकेट प्रतियोगिताको उपाधीका लागी उषा बालबाटिका माध्यामिक विद्यालय र सुर्खेत होराईजन एकेडेमी भिड्ने भएका छन् ।

स्थानीय कालुङचोक मैदानमा जारी खेलको सेमिफाईनलमा आर्दशराज मेमोरियल माविलाई ९७ रनले हराउँदै उषाले सुर्खेत होराईजनसंगको उपाधी भेट पक्का गरेको हो ।

सेमीफाईनलमा टस जितेर पहिले ब्याटिङ गरेको उषा बालबाटिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । १ सय ६५ रनको लक्ष्य पाएर जवाफी व्याटिङमा उत्रेको आर्दशराज मेमोरियल ६७ बनाएर अलआउट भएको हो । सेमिफाईनलमा उषाका सरोज कोईराला म्यान अफ दि म्याच घोषित भएका छन् ।

उपाधी बिजेताले ट्रफि लगायतका पुरस्कार हात पार्ने छ भने प्रतियोगितामा उत्कृष्ठ प्रर्दशन गर्ने खेलाडीलाई म्यान अफ दि म्याच, म्यान अफ दि सिरीज घोषणा गरिने नीजि तथा आवासी विद्यालय अर्गनाईजेशन प्याब्सनले जनाएको छ ।

१२ टिम सहभागी प्रतियोगिताले क्रिकेट खेलको बिकासमा थप मद्दत पुग्ने अपेक्षा गरेको सुर्खेत जिल्ला क्रिकेट संघका सचिव प्रकाश भुषालले बताए । फाईनल खेल सोमबार (आज) बिहान ११ बजेपछी कालुङचोक मैदानमा सुरू हुने छ ।