२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

चिया बगानको स्वरुप दिँदै पाल्पाको पर्यटकीय काउलेडाँडा

२०७४, १७ पुष सोमबार ०५:१५

सुशीला रेग्मी/पुस १७, पाल्पा । आजभन्दा सात वर्ष अगाडि वनमारासहितको झाडीले भरिभराउ झिरुवासको काउलेडाँडा वनले अहिले इलाम चिया बगानको स्वरुप लिन थालेको छ । 

आम्दानीका लागि यहाँका स्थानीवासीले खेर गएको जमिन सदुपयोग गर्दै अम्रिसो खेती गर्न थालेपछि काउलेडाँडा वन इलामको चिया बगानको स्वरुपमा विकास हुँदै गएको छ । 

पाल्पाको निस्दी गाउँपालिका– ३ झिरुवासको काउलेडाँडा वनलाई कबुलियती वनमा दर्ता गरेर अम्रिसो लगाउन थालेपछि यसले विकासको मुहार फेरेको छ । यहाँ दिनहुँ सयौँको संख्यामा घुम्न आउने, अवलोकन भ्रमण तथा प्रेमी प्रेमिका रमाउन आउनेको जमात बढ्दो छ । 

प्रयोगविहीन अवस्थामा रहेको काउलेडाँडा वनमा लगाइएको अम्रिसो खेतीका कारण अहिले यो क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बन्न पुग्दा यहाँका स्थानीयवासी खुशी छन् । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक काउलेडाँडा वनको अवलोकन गर्दै इलामको चिया बगानको अनुभूति गरेर फर्कने गरेको पाइन्छ । 


रामपुर नगरपालिकाबाट सवारी साधनमा झण्डै दुई घण्टा लगाएर काउलेडाँडा पुगेर अम्रिसो खेती, त्यहाँको स्वच्छ हावापानी, उत्तरतर्फ पाल्पाको रामपुर, स्याङ्जाको चापाकोट उपत्यका, कलकल बग्दै गरेको कालीगण्डकी, हिमालका दृश्यसँगै रमाउँदै तस्वीर खिच्नेको निकै चहलपहल हुने गर्छ । 

पर्यटकीय क्षेत्रका रुपमा विस्तार हुँदै जाँदा काउलेडाँडा अवलोकनसँगै वनभोज जानेको पनि उत्तिकै आकर्षण छ । वन क्षेत्रमा खुला सिमानाका कारण यहाँ अहिलेसम्म कति आन्तरिक तथा बाह्य पर्यटक भित्रिए भन्ने यकिन विवरण भने छैन । 

अहिलेसम्म देशका पूर्वी भेगदेखि पश्चिमसम्मका ५६ जिल्लाबाट काउलेडाँडा अवलोकनका निम्ति आइसकेको काउलेडाँडा कृषि सहकारी संस्थाका अध्यक्ष एवं निस्दी– ३ का वडाध्यक्ष लक्ष्मीप्रसाद पाटाले बताउनुभयो । यस क्षेत्रको मगर संस्कृतिको संरक्षण गर्दै काउले वनसँगै समग्र झिरुवासलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै जाने उहाँको भनाइ छ । 

यहाँ लगाइएको अम्रिसो खेतीबाट यस क्षेत्रका स्थानीयको जीवनस्तर उकासिँदै गएको काउलेडाँडा कबुलियती वनका अध्यक्ष दमन सिं पाटाले बताउनुभयो । कबुलियती वनमा साविक झिरुवास गाविस वडा नं ४, ६, ७, ८ र ९ का २२७ घर परिवार आबद्ध उपभोक्तामध्ये १९ वटा उपसमूह विभाजन भएर अम्रिसो खेती गरिँदै आएको कार्यालय सचिव वीरबहादुर पाटाले बताउनुभयो । 

एफएओको आर्थिक सहयोग, जिल्ला वन कार्यालय पाल्पाको समन्वय र स्थानीयको सक्रियतामा काउलेडाँडामा विसं २०६७ जेठ २ गतेदेखि अम्रिसोका बिरुवा रोपण शुरु गरिएको थियो । दुई सय ४७ हेक्टर क्षेत्रफलमा फैलिएको काउलेडाँडा वन क्षेत्रमा हाल पशु विकास कार्यक्रम पनि सञ्चालनमा रहेको छ । 

पशु विकास कार्यक्रमअन्तर्गत बाख्रापालन, पाडोपालन र बंगुरपालनबाट स्थानीयले राम्रो आम्दानी गरिरहेका छन् । झिरुवासको काउले वनमा शुरु गरिएको अम्रिसो खेती अहिले मित्याल, सहलकोटमा पनि विस्तार भएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला