१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मत परिणाम सार्वजनिक गर्न युवा विद्यार्थीको माग

१७ पुष २०७४, सोमबार १२:१८

पुस १७, काठमाडौँ । संयुक्त विद्यार्थी तथा युवा संगठनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेपछि समानुपातिक निर्वाचन प्रणालीतर्फको मत परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउन माग गर्दै आज निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएको छ । 

अनेरास्ववियू, अनेरास्ववियू(क्रान्तिकारी), वाइसिएल र युवा संघ नेपालका प्रतिनिधिले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएका हुन् । उक्त पत्रमा वाम गठबन्धनको परिणामबाट आत्तिएर विदेशी योजना र नेपाली काँग्रेसका निर्देशनमा गठबन्धन छुटाउने र नयाँ सरकार गठन गर्न नदिने आरोप लगाउँदै मुलुकलाई अस्थिरतातर्फ धकेल्न नदिनका लागि चाँडो परिणाम सार्वजनिक गर्न माग गरिएको छ । 

पत्र बुझेपछि डा यादवले संवैधानिक र कानुनी जटिलताले केही ढिला भएको स्वीकार्दै दलहरुले ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गराउनुपर्ने व्यवस्थाले गर्दा निर्धारित समयमा काम गर्न नसकिएको बताउनुभयो । 

राष्ट्रियसभामा स्वतन्त्र दल पनि सहभागी हुन पाउने व्यवस्था गरिएको बताउँदै उहाँले दललाई नाम सच्याउन आज पत्राचार गरिने जानकारी दिनुभयो । आयोगले ती सबै कानुनी प्रक्रिया पूरा गरेपछि परिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै बाँडे अंक इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सानदार जित करोड बढीको कारोबार गर्दै सम्पन्न भयो १८ औँ गोदावरी पुष्प मेला, ४३ हजारले गरे अवलोकन प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भूभागमा वर्षाको सम्भावना पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो