Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

सौर्य ऊर्जाले रोल्पाका गाउँघर झलमल्ल

२०७४, १८ पुष मंगलवार ०५:२५

उमा केसी/पुस १८, रोल्पा । अनुदानबाट जडान गरिएका सौर्य ऊर्जाले रोल्पाका ग्रामीण बस्ती झलमल्ल भएका छन् । 

जिल्लाका ४८ प्रतिशत घरधुरीमा सौर्य ऊर्जा जडान गरिएको छ । सौर्य ऊर्जामा जनताको पहुँच बढेसँगै उज्यालोका लागि सल्लाको दियालो र मट्टितेलको टुकी प्रयोग गर्नुपर्ने झण्झटबाट जिल्लावासी मुक्त भएका छन् । 

जिल्लामा साना र घरेलु सौर्य ऊर्जासमेत गरी प्रयोगकर्ताको संख्या २० हजार ९५१ घरधुरी देखिएको छ । यो संख्या जिल्लाको कुल घरधुरी संख्याको करिब ४८ प्रतिशत हो । 

सौर्य ऊर्जामध्ये सात हजार ३४४ घरधुरीले साना घरेलु सौर्य ऊर्जा र १३ हजार ६०३ घरधुरीले घरेलु सौर्य ऊर्जा प्रयोग गर्दै आएको ऊर्जा शाखा तथा वातावरण शाखाले जानकारी दिएको छ । सौर्य ऊर्जामा सरकारले अनुदान दिएकाले पनि यसको अधिकतम घरधुरीमा यसको पहुँच पुगेको हो । 

साना तथा घरेलु सौर्य ऊर्जाबाट बत्ती बाल्ने, टेलिभिजन हेर्ने तथा मोबाइल चार्जको काममा समेत टेवा पुगेको स्थानीयले बताएका छन् । 

जिल्लामा सौर्य ऊर्जापछि विद्युतीय ऊर्जा प्रयोगकर्ताको संख्या पनि वृद्धि हुँदै जान थालेको छ । जिल्लामा विद्युतीय ऊर्जा प्रयोगकर्ता ३० प्रतिशत देखिएका छन् । जिल्लाका सात हजार ७४४ घरधुरीले नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण उपभोग गरिरहेका छन् । 

यसैगरी जिल्लाका पाँच हजार ६०८ घरधुरीले स्थानीय खोलानालाबाट निकालिएको लघु जलविद्युत् उपभोग गर्ने गरेका छन् । हालसम्म जिल्लाका विभिन्न ३३ वटा साना तथा लघु जलविद्युत् योजनाबाट ६१७ किलोवाट जलविद्युत् उत्पादन भएको जिल्ला ऊर्जा तथा वातावरण शाखा रोल्पाले जानकारी दिएको छ । 

लघु जलविद्युत्का ६३ योजनामध्ये ३३ वटा पूरा भएको, दुई वटा बिग्रिएको र ३१ वटा निर्माणाधीन रहेको ऊर्जा इञ्जिनियर हुकुम बुढाले जानकारी दिनुभयो । निर्माण सम्पन्न ३३ मध्ये साना जलविद्युत् १८ वटा र लघु जलविद्युत् १५ वटा रहेको उहाँले बताउनुभयो । 

वैकल्पिक ऊर्जाको अर्को स्रोतको रुपमा रहेको बायोग्यासका प्रयोगकर्ता भने जिल्लामा निकै कम देखिएका छन् । विभिन्न संघ संस्थाले बायोग्यास जडानका लागि अनुदानसहित सहयोग गर्दै आएको भए पनि यसप्रति भने जनताको आकर्षण खासै देखिएको छैन । जिल्लामा २०५ घरधुरीले मात्रै बायोग्यास जडान गरेको जिल्ला ऊर्जा तथा वातावरण शाखाले जानकारी दिएको छ । 

सोलार र बिजुली प्रयोगकर्ताको संख्या वृद्धि भएसँगैै रोल्पालीको स्वास्थ्यमा समेत सुधार भएको बताइएको छ । विगतमा प्रयोग गरिने दियालो र मट्टितेलको धुवाले आँखा तथा फोक्सोका रोगीको संख्या अधिक हुने गरेकोमा पछिल्ला दिनमा सो समस्या न्यूनीकरण हँुदै गएको बताइएको छ । 

जिल्लामा सुधारिएको चुलोका प्रयोगकर्ता समेत अत्यधिक बढेसँगै वन जंगल संरक्षणमा समेत टेवा पुगेको बताइन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ