३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीका सांसद भन्छन- ‘कर्णालीलाई समृद्ध बनाउँछौं’

१८ पुष २०७४, मंगलवार १२:११

पुस १८, काठमाडौँ । हुम्लाबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यले कर्णालीलाई समृद्ध बनाउने लागिपर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रतिनिधि सभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित छक्कबहादुर लामाले हुम्लाका जनताले गरेको विश्वासलाई आत्मसात गर्ने बताए । 

जडिबुटी, पर्यटन, कृषिलाई मुख्य आधार बनाएर कर्णालीको विकास गर्न सकिने लामाले बताए । आफू वाम स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेको बताउँदै आफू सर्वहारा जनताको पक्षमा काम गर्ने बताए । “म माओवादी केन्द्रको पोलिट्ब्यूरो सदस्य हुँ । पार्टीले गलत व्यक्तिलाई उम्मेदवारी दिएका कारण मैले स्वतन्त्रबाटै उम्मेदवारी दिएँ । पार्टीले कारवाही फिर्ता लिए पार्टीमै हुन्छु” लामाले भने । उनले पार्टीले फर्किने अवस्था नभएपनि जनताको पक्षमा भने काम गर्ने बताए ।


प्रदेस सभा (क) बाट निर्वाचित दलबहादुर रावलले हुम्ली जनतालाई अन्ययमा पर्न नदिने प्रतिवद्धता जाहेर गरे । निर्वाचनपछि देश कम्युनिस्टमय भएको बताउँदै रावलले नयाँ सरकारको मुख्य कार्यभार आर्थिक समृद्धि भएको बताए । रावलले ६ नम्बर प्रदेशमा कम्युनिस्टको दुईतिहाईको सरकार बन्ने बताउँदै कर्णालीका खोलाखोलामा विजुली, किनारमा सडक र डाँडाहरुमा रिसोर्ट बनाएर जनताको जीवनस्तर माथि उठाउन सकिने विश्वास व्यक्त गरे । 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य कर्णजीत बुढाले हुम्लाबाट निर्वाचित दुबै जनालाई बधाई दिँदै जनताको अपेक्षालाई नभुल्न सुझाव दिए । नेपाली काँग्रेसले जित्ने भएका कारण आफूहरुले स्वतन्त्र उम्मेदवार लामाको पक्षमा लागेको बताए ।

“पार्टीको आधिकारिक उम्मेदवारलाई साथ दिए जनता विरोधी शक्तिले जित्नेभएपछि हामी स्वतन्त्र उम्मेदवारको पक्षमा लागेका हौँ” बुढाथोकीले भने । उनले उम्मेदवारी स्वतन्त्र भएपनि पार्टीकै नेता भएको बताउँदै लामाले जित्दा पनि माओवादीले नै जितेको बताए ।

पार्टी एकताबारे बोल्दै बुढाथोकीले नेताको पदको लागि चोचोमोचो मिलाएर गरिने एकताले वर्ग र जनताको हित नगर्ने बताए । उनले एकताको सकारात्मक र नकारात्मक दुबै पक्ष हुने समेत बताए । बलियो आधार तयार गरेर एमाले र माओवादी केन्द्रको एकता गर्नुपर्ने धारणा राखे । नेपाली कम्युनिस्ट आन्दोलनले एकता र फुटका धेरै अनुभव गर्दै आएको बताउँदै फेरि फुट्ने गरी एकता गर्न नुहने बुढाथोकीको तर्क थियो । 

माओवादी केन्द्र निटक अखिल क्रान्तिकारी हुम्ला–काठमाडौँ सम्पर्क समितिले गरेको बधाई तथा सम्मान कार्यक्रममा माकेका पोलिट्ब्यूरो सदस्य छिरिङ लामालगायतले निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै जनताको विश्वास नगुमाउन सुझाव दिएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली