६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयुक्तको प्रश्न- प्रदेशसभाको निर्वाचनको नतिजा कहाँ बुझाउने ?

१९ पुष २०७४, बुधबार १२:१६

पुस १९, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको नतिजा घोषणा गर्ने विषयलाई जोडेर संवैधानिक निकाय निर्वाचन आयोगमाथि अनेक किसिमका लाञ्छना लगाउने कार्य तत्काल बन्द गर्न राजनीतिक दल र उनीहरुको भ्रातृ संगठनलाई भन्नुभएको छ । 

नेकपा (एमाले)का भ्रातृ संगठन अखिल नेपाल महिला संघका अध्यक्ष गोमा देवकोटाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले प्रस्तुत गरेको ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त डा यादवले आयोगको छविलाई धुमिल र कमजोर बनाउने काम नगरिदिन राजनीतिक दल र तिनका भ्रातृ संगठनको ध्यानाकर्षण गराउनुभयो । 

संविधान र लोकतन्त्रलाई क्षणिक ढंगबाट व्याख्या र विश्लेषण नगर्न आग्रह गर्दै उहाँले संविधान र कानूनले तय गरेको सबै विधि र प्रक्रिया पूरा गरेरमात्रै निर्वाचनको नतिजा सार्वजनिक हुने भएकाले शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतीक्षा गर्न सुझाव दिनुभयो । 

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो, “प्रदेशसभाको निर्वाचनको नतिजा कहाँ बुझाउने ? प्रदेश प्रमुख खोइ ? निर्वाचनको परिणाम आउनेबित्तिकै किन आत्तिनुभएको ? पवित्र उद्देश्यले संविधान र कानूनअनुसार काम गरेको संस्थामाथि लाञ्छना लगाउनु भनेको आपत्तिजनक विषय हो ।” 

प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा घोषणा गर्नका लागि काम नसकिएको जनाउँदै उहाँले कानूनमा स्पष्टरुपमा भएका प्रावधानलाई छोडेर त्यसको भाव र समग्र अर्थको खोजी गर्नु व्यावहारिक नहुने धारणा राख्नुभयो । 

महिला संघले बुझाएको ज्ञापनपत्रमा प्रदेशसभाको समानुपातिकतर्फको निर्वाचनको परिणाम घोषणा गरेको एकसाता बितिसक्दा पनि एउटै मतपत्रमा गरिएको प्रतिनिधिसभाको मत परिणाम सार्वजनिक नभएकाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । 

ज्ञापनपत्रमा भनिएको छ, “निर्वाचनको ताजा जनादेशको अवमूल्यन गर्दै जनताबाट लोकप्रिय मतका साथ जनअनुमोदन शक्तिलाई सरकारमा जानबाट रोकेर सत्ता लम्ब्याउन खोज्ने वर्तमान सरकारको अलोकतान्त्रिक योजनामा निर्वाचन आयोग मतियार बनी कलंकको टीका नलगाओस् भनी आग्रह गर्न चाहन्छौँ ।” 

“प्रमुख निर्वाचन आयुक्त र आयोगलाई स्वतन्त्र र निष्पक्ष भई तत्काल प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम सार्वजनिक गरी जनमतको कदर गर्न अनुरोध गर्दछौँ,” ज्ञापनपत्रमा भनिएको छ । 

अखिल नेपाल महिला संघ क्रान्तिकारी र अखिल नेपाल महिला संघमा आबद्ध महिलाको सो अवसरमा सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति