2026-09-14 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

दुईदिने अर्धबार्षिक समिक्षा गोष्ठि सुनछहरी गाउँपालिकामा सुरु

मनिषा राई/पुस २०, रोल्पा । महिला स्वास्थ स्वयम सेविकाहरुको आर्थिक वर्ष २०७४/७५ को दुइदिने अर्धबार्षिक समिक्षा गोष्ठि सुनछहरी गाउपालिका ६ फगाम स्वास्थ्य चौकिमा आजबाट सुरु भएको छ ।

 वडाका ९ वटै महिला स्वास्थ स्वयम सेविकाहरुको उपस्थितिमा सुरु भएको गोष्ठिमा जिल्ला स्वास्थ कार्यलय रोल्पाका जनस्वास्थ निरिक्षक ईश्वरी प्रसाद गौतमको प्रमुख आतिथ्यता एवम गाउपालिका सोभाकर ओग्र्यान थारु, प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरका योगेन्द्र पोख्रेलको उपस्थिति रहेको थियो ।

दुइदिन सम्म सन्चालन हुने उक्त गोष्ठिमा महिला स्वास्थ स्वयम सेविकाको भुमिका, काम कर्तव्य र अधिकार, वडा रजिष्टर अधावधि, गर्भवति जाच, सस्थागत सुत्केरी, पोषण, खोप, महिला स्वास्थ स्वयम सेविका कोष सन्चालन पद्धति र ६ महिना भित्र गरेका गतिबिधिहरुको समिक्षा एवम अवको ६ महिना भित्र गर्नुपर्ने गतिबिधिरुको बारेमा सहजिकरण गरीने स्वास्थ चौकि इन्चार्ज रामानन्द चौधरीले बताउनुभयो । दुई दिन सम्म सन्चालन हुने उक्त गोष्ठिको सहजिकरण सोभाकर ओग्र्यान थारु, रामानन्द चौधरी र हेमराज महराले गरीरहनुभएको छ । 

यसैबिच, जिल्ला स्वास्थ कार्यलय रोल्पाको बार्षिक कार्यक्रम अनुसार नवजात शिशु तथा ५ बर्षमुनिका बच्चाहरुको मृत्युदर घटाउने उदेश्यका साथ समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन कार्यक्रम अन्र्तगत आज सुनछहरी गाउँपालिका ६ फगाम स्वास्थ चौकिमा कार्यरत अनमि र अहेव हरुलाई अन्साइट कोचिङ कार्यक्रम सम्पन्न भएको छ । 

उक्त कोचिङमा जन्मदा निस्सासिएको बच्चालाई कसरी व्यवस्थापन गर्ने, नाभिमलम कसरी लगाउने, मायाको अंगालोमा कसरी राख्ने र आएमएनसिआई कार्यक्रमको उदेश्य अनुसार दुई महिना देखि ५ बर्ष सम्मको बच्चाहरुको समस्याको एकिकृत व्यवस्थापन कसरी गर्ने, सेवा रजिष्टारहरु अधावधि गरी प्रतिबेदन कसरी पठाउने भन्ने बारेमा सहजीकरण गरीएको थियो ।

उक्त कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ कार्यलय रोल्पामा कार्यरत जनस्वास्थ निरिक्षक ईश्वरी प्रसाद गौतम र प्राथमिक स्वास्थ केन्द्र सुलीचोरका योगेन्द्र पोख्रेलले गर्नुभएको त्यहाबाट आभाष क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ