१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाको माडीगाउँपालिका -५ पुर्ण सरसफाईयुक्त घोषणा

२० पुष २०७४, बिहीबार ११:५४

मनिषा राई/पुस २०, रोल्पा । भावाङ बासिको अद्भुत एकता, पुर्ण सरसफाईयुक्त वडा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ माडी गाउपालिका वडा नं. ५ साविकको ९ नं. वडालाई रोल्पा जिल्लाकै पहिलो पुर्ण सरसफाईयुक्त गाउ घोषणा गरीएको छ । 


माडी ५ भावाङका वडाअध्यक्ष भरत बहादुर बुढामगरको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख राज बहादुर बुुुढामगरले मैन बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

उद्घाटन पश्चात उहाले स्वास्थ्य नै हाम्रो धन भएको कारण सरसफाईमा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाले स्वास्थ्य राम्रो भए सबै राम्रो हुने भएकाले माडी गाउपालिकाले जुन सरसफाई सम्बन्धि जुन कदम चालेको छ त्यसमा सबै रोल्पा जिल्लाबासि लगायतले साथ दिनुपर्ने समेत बताउनुभयो । साथै उहालेसरसफाई सम्बन्धि पाच प्लस एकको सुचकलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।  

त्यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि माडी गाउपालिका अध्यक्ष नन्द बहादुर पुनमगरले अज्ञनता नै हाम्रो शत्रु भएको बताउदै सरसफाई पनि एउटा ज्ञान भएको हुनाले सबैले प्राप्त गर्न जरुरी रहेको बताउनुभयो । उहाले स्वास्थ सम्बन्धि नमुना काम गरेको मा धन्यबाद दिदै माडी गाउपालिकालाई पुर्ण सरसफाईयुक्त बनाउने एउटा खुड्किलो पार गरेको बताउनुभयो । 


साथै उहाले सिङगो गाउपालिकालाई नै पुर्ण सरसफाईयुक्त बनाउनको लागि सबैले सरसरफाई सम्बन्धि पाच प्लस एकको सुचकलाई पालन गर्नुपर्ने बताउनुभयो । गाउपालिकाको बिकासको लागि जुनसुकै काममा पनि सहयोग गर्न गाउपालिकाले कुनै कसर बाकि नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका गोपाल घर्ती, पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह बिक, नेकपा माओबादी केन्द्रका बिजय घर्तीमगर, भोलानाथ आचार्य, दामोदर न्यौपाने, समाज कल्याण परिषद् बाग्लुङका वास अधिकृत अमृता कार्की, रेडियो माडी आवाजका स्टेशन म्यानेजर बुद्धिमान वली लगायत स्थानियहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

स्वास्थ चौकि भावाङका इन्चार्ज गोकर्ण बुढामगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन बडा सचिव तिर्थ बहादुर घर्तीमगरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक