2026-09-19 07:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङको लालुपाते सहकारी संस्थालेको कारोबार पाँच करोड बढि

चिसाङ शेर्पा/पुस २२, खोटाङ । खोटाङको लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाले स्थापनाको दोश्रो वर्षमै पाँच करोड भन्दा बढिको आर्थिक कारोबार गरेको छ ।

वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लक्ष्यकासाथ २०७२ साल मंसिर १० गते दिक्तेलमा सेवा सुरु गरेको सहकारीले हालसम्म सवा पाँच करोड बराबरको आर्थिक कारोबार गरेको जनाएको छ । 

शनिबार दिक्तेलमा आयोजित प्रथम वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष अनिल जोशीले स्थापनादेखि हालसम्म साँढे ३ करोड निक्षेप संकलन गरेको, ३० लाख शेयर संकलन भएको, ८३ लाख राष्ट्रिय सहकारी बैंकबाट ऋण लिएको जानकारी दिए ।

अध्यक्ष जोशीका अनुशार सहकारीले सामुहिक जमानी कर्जा र धितो कर्जा÷व्यवसायीक कर्जातर्फ ४ करोड २५ लाख कर्जा प्रवाह गरेको छ । हालसम्म २ लाख ५० हजार मुनाफा कमाएको सहकारीले जनाएको छ । 

जिल्लामा हालसम्म बित्तिय कारोबार सम्बन्धीका मात्र सेवा प्रबाह गर्दैआएको सहकारीको भीडमा लालुपातेले उत्पादनमूलक, कृषि उपजका सहकारी पशल, उत्पादलशिल क्षेत्रमा लगानी लगायतका सेवाको नारा लिएर स्थापना भएको हो । सहकारीको साधारणसभा प्रदेशसभा सदस्य राजन राईले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई