Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम एकतामा विदेशी शक्तिले हस्तक्षेप गर्यो: भट्टराई

२०७४, २२ पुष शनिबार १४:५५

पुस २२, काठमाडौँ  । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वाम एकतामा विदेशी शक्तिलाई अनावश्यक हस्तक्षेप नगर्न आग्रह गर्नुभएको छ । 

आज ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारद्वारा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उहाँले वाम एकता मुलुकको आन्तरिक कुरा भएकाले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गर्नुभएको हो । 

कुनै पनि शक्तिले वाम एकता भाँड्न नसक्ने दाबी गर्दै उहाँले चाँडै नै नेपाली कम्युनिस्ट शक्तिबीच एकता हुने बताउनुभयो । 

उहाँले संविधानको गलत व्याख्या गरेर निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिकको मतपरिमाण सार्वजनिक नगरेको आरोप लगाउनुभयो । उहाँले आयोगलाई विलम्ब नगरी मतपरिणाम सार्वजनिक गर्न आग्रह पनि गर्नुभयो । उहाँले अब देश विकासमा लागी आर्थिक समृद्धिको अभियान सञ्चालन गर्नुपर्नेमा समेत जोड दिनुभयो । 

एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका सचिव भट्टराईले पाँच वर्षमा ताप्लेजुङको विकासले कोल्टे फेर्ने बताउनुभयो । 

‘‘पाँच वर्षमा ताप्लेजुङका सबै ठाउँमा मोटर बाटो पुग्छ”, उहाँले थप्नुभयो, “त्यहाँका जनताले अबको पाँच वर्षमा विकासको अनुभूति गर्न पाउनेछन् ।” 

उहाँले ताप्लेजुङ जिल्लामा विकासका हजारौँ सम्भावना रहेको औँल्याउँदै आफूले ती सम्भावनालाई वास्तविकतामा परिणत गर्नका लागि अभियानका रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा ताप्लेजुङबाट निर्वाचित प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङ र टंक आङ्बुहाङले ताप्लेजुङको विकास निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा राजनीतिकर्मी, पत्रकार तथा सर्वसाधारणको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ