१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम एकतामा विदेशी शक्तिले हस्तक्षेप गर्यो: भट्टराई

२२ पुष २०७४, शनिबार १४:५५

पुस २२, काठमाडौँ  । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वाम एकतामा विदेशी शक्तिलाई अनावश्यक हस्तक्षेप नगर्न आग्रह गर्नुभएको छ । 

आज ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारद्वारा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उहाँले वाम एकता मुलुकको आन्तरिक कुरा भएकाले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गर्नुभएको हो । 

कुनै पनि शक्तिले वाम एकता भाँड्न नसक्ने दाबी गर्दै उहाँले चाँडै नै नेपाली कम्युनिस्ट शक्तिबीच एकता हुने बताउनुभयो । 

उहाँले संविधानको गलत व्याख्या गरेर निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिकको मतपरिमाण सार्वजनिक नगरेको आरोप लगाउनुभयो । उहाँले आयोगलाई विलम्ब नगरी मतपरिणाम सार्वजनिक गर्न आग्रह पनि गर्नुभयो । उहाँले अब देश विकासमा लागी आर्थिक समृद्धिको अभियान सञ्चालन गर्नुपर्नेमा समेत जोड दिनुभयो । 

एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका सचिव भट्टराईले पाँच वर्षमा ताप्लेजुङको विकासले कोल्टे फेर्ने बताउनुभयो । 

‘‘पाँच वर्षमा ताप्लेजुङका सबै ठाउँमा मोटर बाटो पुग्छ”, उहाँले थप्नुभयो, “त्यहाँका जनताले अबको पाँच वर्षमा विकासको अनुभूति गर्न पाउनेछन् ।” 

उहाँले ताप्लेजुङ जिल्लामा विकासका हजारौँ सम्भावना रहेको औँल्याउँदै आफूले ती सम्भावनालाई वास्तविकतामा परिणत गर्नका लागि अभियानका रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा ताप्लेजुङबाट निर्वाचित प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङ र टंक आङ्बुहाङले ताप्लेजुङको विकास निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा राजनीतिकर्मी, पत्रकार तथा सर्वसाधारणको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धोनीले आइपीएल खेल्ने इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ७० जनाको ज्यान गयो अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन : सांसद बडु सरकारले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउँछः गृहमन्त्री धनराज गुरूङमाथि अनुसन्धान गर्न गगन थापाको माग महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस् ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै बाँडे अंक इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सानदार जित करोड बढीको कारोबार गर्दै सम्पन्न भयो १८ औँ गोदावरी पुष्प मेला, ४३ हजारले गरे अवलोकन प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?