२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ?

२३ पुष २०७४, आईतवार ०५:३४

अर्जुन बराल/पुस २३, दक्षिण कोरिया । दक्षिण कोरिया सरकारले दक्षिण तथा मध्य एसियाका सोह्र राष्ट्रका आप्रबासी कामदारका लागि सन् २०१८ को कोटा निर्धारण गरेको छ ।

सन् २०१८ को कुल ५६००० कोटालार्ई गत वर्षकै आधारमा नबढाई सरकारको नीति कार्यन्वयनको कार्यालय, न्याय मन्त्रालय, श्रम मन्त्रालय सहित बाह्र मन्त्रालय सम्मिलित समितिले गत वर्ष बिभिन्न क्षेत्रमा कामदार अभाबका कारण पर्न गएको असुबिधाको समिक्षा गदै यसबर्ष बिभिन्न क्षेत्रमा आप्र्रबासी कामदारको संङख्यालार्ई बाँडफाँड गरेको छ । 

कोरियाको आप्रबासी कामदार प्रबद्धन गर्ने समितिले कृर्षि क्षेत्रमा काम गर्ने आप्रबाशी कामदार प्रति रोजगारदाताले रहनसहन तथा कामकाजप्रति गरिने ब्यबहारलाई सुधार गर्नुपर्ने र नगरिएमा कृर्षि क्षेत्रको आप्रबासी कामदार कोटालार्ई अंकुश लगाउन सरकारलाई अनुरोध गरेको छ ।

सन् २०१७ मा दक्षिण कोरियाको न्यायिक निकायले १३२२५ अबैधानिक आप्रबासी कामदार पक्राउ पश्चात स्वदेश फिर्ती कारण पनि सन् २०१८ मा आप्रबाशी कामदार संङख्या निर्र्धारणमा महत्वपूर्ण भुमिका रहेको र अबैधानिक आप्र्रबाशीलार्ई रोजगार उपलब्ध गराए बापत २९४९ रोजगारदाताबाट २० मिलियन कोरियन वोन क्षतिपूर्ति लिएका कारण अबको कोरियाको श्रमबजारमा श्रमसंङख्यामा तिब्रमात्रामा आप्र्रबाशी कामदारको माग रहने अनुमान छ ।

कोरियाको श्रम मन्त्रालयले जनाएअनुसार उत्पादनमुलक क्षेत्रका लागी कुल ४२३०० र कृषि क्षेत्रमा ६६०० आप्रबासी कामदारलार्ई जनवरी, अप्र्र्र्रील, जुलार्ई तथा अक्टुबर सम्ममा कार्यक्षेत्रमा आपूर्ति गरिनुका साथै कुल कोटाको साठ्ठी प्रतिशत जुन सम्ममा पुरा गरिने छ । 

कुल कोटा मध्ये मत्स्यपालनमा यसबर्ष २६००, निर्माण क्षेत्रमा २४०० लगाएत सेवा क्षेत्रमा १०० कोटा निर्र्धारण गरेपनि नेपाली कामदारका हकमा भने मत्स्यपालन, निर्माण एंवम सेवा क्षेत्रमा सरकारले अनुमति नदिएका कारण यो क्षेत्रमा माग हुँने छैन । 

कोरियाको चार बर्ष दश महिनाको भिषा अबधिमा एकपटक पनि रोजगारस्थल परिवर्तन नगरी स्वदेश फिर्ता भएका र रोजगारदाताले चाहेर आउँन र्ईच्छुक आप्रबाशी कामदारका हकमा गतबर्ष छुट्टै शिर्षकमा १३००० कोटा निर्धारण गरेपनि यसबर्ष कुल कोटाबाट नै कटौती गरि ल्याईने छ ।

यस बर्ष पनि दक्षिण कोरियाको आप्रबाशी कामदार कोटा सिमित भएको हुँदा सरकारले बैधानिक तरिकाले स्वदेश फिर्ती भएका आप्रबासी कामदारलाई पुनः कोरिया आउँनका लागि दिनुपर्ने कम्प्युटर बेसिक टेस्ट(सिबिटी) परिक्षा संचालन गराउँने सम्भाबना न्युन छ भने चीन तथा रुसबाट एच–२ भिषाबाट आउँन चाहने कामदारलाई अवसर प्रदान गरेको छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन