2026-09-15 09:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

क्यान्सर पीडित ४ वर्षीय रोशन बचाउ अभियानमा १ लाख ८० हजार सहयोग संकलन

लोकेन्द्र प्रशाद जोशी | पुस १४, दार्चुला | नौगाड गाउँपालिका वडा नम्बर ६ का क्यान्सर पीडित ४ वर्षीय रोशन धामीको उपचारको लागि सहयोग जुट्ने क्रम जारी रहेको छ । 

दार्चुलाका निर्वाचित सांसदहरु, बिभिन्न कार्यालयका कर्मचारी र ब्याक्तिहरुगरी १ सय ३२ जना दाताहरुबाट हालसम्म १ लाख ८० हजार ४३ रुपैया सहयोग संकलन भएको छ । सोमबार दार्चुला जिल्ला सदरमुकाम खलंगामा नौगाड गाउँपालीका अध्यक्ष प्रेमसिह धामीले बिरामी बालक रोसनका काका चक्रसिह धामीलाइ संकलन भएको रकममध्ये नगद १ लाख ६० हजार ४ सय ४८ रुपैया हस्तान्तरण गर्नुभएको सहयोग संकलन अभियानका सदस्य नरेन्द्रसिह ठगुन्नाले जानकारी दिनुभयो । यसअघि नौगाड गाउँपालीकाको पहलमा संकलन भएको १९ हजार ६ सय २० रुपैया गाउँपालीका अध्यक्ष धामी आफैले अस्पतालमै पुगेर बिरामी रोसनका आमा कलावति धामीलाइ हस्तान्तरण गर्नुभएको थियो । यो संगै हालसम्म उपचारकालागी संकलन भएको सहयोग रकम कुल १ लाख ८० हजार ४३ रुपैया रोसनका आफन्तलाइ बुझाइएको छ ।

हालसम्म सहयोग गर्नेहरुमा महाकाली नदि नियन्त्रण आयोजनाका कर्मचारीहरुबाट रु १३ हजार एक सय, टिभि टुडेका संचालक जनकराज पन्तले रु १० हजार, प्रदेशसभा सदस्य गेल्बुसिह बोहराले ५ हजार १ सय, मानबहादुर धामीले ५ हजार ५ सय, प्रतिनिधिसभा सदस्य गणेश सिह ठगुन्नाले ५ हजार ५ सय रुपैया सहयोग गरेका छन । यस्तै समाज कल्याण समाज दार्चुलाबाट ५ हजार १ सय रुपैया, खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय दार्चुलाका सब डिभिजन प्रमुख प्रकाश बहादुर रावलले ५ हजार ५ सय ५५ रुपैया, जिल्ला बन कार्यालय र अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयबाट रु ८ हजार ८ रुपैया, नौगाडका स्थानिय पदम सिह ठगुन्नाले ७ हजार ५ सय रुपैया सहयोग गरेका छन । जनप्रतिनिधि, बिभिन्न ब्यक्तीत्त तथा कार्यालयका कर्मचारीहरुगरी १ सय ३२ जनाबाट स्वइच्याले सहयोग संकलन भएको अभियानका सदस्य नरेन्द्रसिह ठगुन्नाले बताउँनुभयो ।

कलावती धामीको छोरा क्यान्सर पीडित भएपछि अहिले भरतपुर स्थित विपी कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । बालकको जीवन रक्षाको अपिलसहित रोशन बचाउ अभियानले सहयोगको अपिल गरेको हो । उपचारको लागि आर्थिक सहयोग संकलनमा सामथ्र्य नेपाल नामक संस्थाले समेत अभियान सञ्चालन गरेको ठगुन्नाले बताउनुभयो । सानै उमेरमा क्यान्सरले मृत्युको मुखमा पुगेका धामीको ज्यान बचाउन सबैमा सहयोगको अपिल समेत गरिएको छ । रोशनको उपचारको लागि ४ लाख बढी रुपैयाँ आवश्यक रहेको भन्दै देश विदेशमा रहनु भएको नेपालीहरुमा सहयोगको लागि अभियानले अपिल गरेको छ । सहयोग गर्न चाहाने महानुभावहरुले बिरामी रोसन धामीका आमा कलावति धामीको नाममा हिमालयन बैक लिमिटेडमा रहेको खाता नम्बर ००८०७१६५२२००१४ मा सिधै जम्मा गर्न सकिने छ । साथै सहयोग गर्नकालागी ९८६८८२७७३८ नम्बरमा सम्पर्क गर्न सकिने ठगुन्नाले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ