५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

कनकासुन्दरी गाउँपालिकामा कार्यरत शिक्षकले तलब भत्ता पाएनन्

२६ पुष २०७४, बुधबार ०४:०३

पुस २६, जुम्ला (रासस) | यहाँको कनकासुन्दरी गाउँपालिकामा कार्यरत शिक्षकले दोस्रो चौमासिकको तलब भत्ता खान पाएका छैनन् । 

गाउँपालिकाले शिक्षकको तलबको स्रोत जुटाउन नसकेकाले तलब खान नपाएका हुन् । दोस्रो चौमासिकको तलब भत्ता खान नपाउँदा शिक्षकले आफू मर्कामा परेको बताएका छन् । वर्षेनी दोस्रो चौमासिक तलब भत्ता पुसको दोस्रो साताभित्र खाएर घर व्यवहार चलाउँदै आएको तर यो वर्ष गाउँपालिकाले झण्डै फागुनतिर पाउने भनेपछि उनीहरु समस्यामा परेको कोइलीचरी मावि, लुमगाउँका शिक्षक मानबहादुर सिंहले बताउनुभयो । 

“सरकारले सात महिना अघि शिक्षकलाई निजामती कर्मचारीलाई झैँ मासिक तलब दिने कुरा अखबारमा आएको थियो, आखिर सात महिनापछि चौमासिक तलब खानसमेत पाउने अवस्था आएन,” दुखेसो गर्दै शिक्षक सिंहले भन्नुभयो । तलब खान नपाउँदा शिक्षकका आफ्ना आवश्यकता परिपूर्तिमा बिर्को लागेको उहाँको भनाइ छ । 

जिल्ला शिक्षा अधिकारी नारायणकृष्ण श्रेष्ठले विनियोजन विधेयकले एक तिहाइ खुवाउने भनेकाले शिक्षकलाई तलब खुवाउन समस्या भएको बताउनुभयो । “यो समस्या जिल्लाका आठै स्थानीय तहमा छ, चैतमा सोधभर्ना गर्नेगरी विभिन्न शीर्षकबाट मिलाएर अन्य स्थानीय तहले खुवाएको र कनकासुन्दरीले त्यसो नगरेको हुनसक्छ” जिशिअ श्रेष्ठले भन्नुभयो । 

सरकारले प्रेसरमा बजेट निर्माण गर्दा पनि यो समस्या आएको उहाँको भनाइ छ । उहाँका अनुसार स्थानीय तहको पहिलो अभ्यास र गाउँपालिका अनुसारका शिक्षकको सबै तहको तथ्यांक अध्यावधिक नभएकाले अहिले यो समस्या देखिए पनि आगामी वर्ष व्यवस्थित हुनेछन् । 

शिक्षकले प्रत्येक चौमासिकको तलब बेलैमा पाउन नसक्नुको कमजोरी गाउँपालिकाको नभई मन्त्रालय भएको सो गाउँपालिकाका स्रोत व्यक्ति नारायण चौलागाईंले औँल्याउनुभयो । स्रोत व्यक्ति चौलागाईंले भन्नुभयो, “यो गाउँपालिकाका जम्मा २६ विद्यालयका १०७ जना शिक्षक समस्या परेका छन् । 

पहिलो चौमासिकमा पनि रु ४१ लाख अपुग हुँदा मिलाएर खुवाइएको उहाँले बताउनुभयो । अहिले तलब खुवाउनै पर्दा रु एक करोड ८१ लाख आवश्यक बजेटमा रु ३१ लाख अपुग हुने उहाँको भनाइ छ । 

उक्त गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपालीले शिक्षकको समस्यालाई बेलैमा सम्बोधन गर्न प्रयास भएको जनाउनुभयो । 

अपर्याप्त निकासाका कारण पहिलो चौमासिकसहित दोस्रो चौमासिकमा यही समस्या बल्झेको उहाँले बताउनुभयो । यो समस्याले केही समय लिने भएपनि समाधानका लागि प्रयासरत रहेको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप