१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक

२६ पुष २०७४, बुधबार १२:५१

पुस २६, काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका आज सार्वजनिक गरेको छ । 

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदाता नामावली प्रकाशन माघ ७ गते हुनेछ । उम्मेदवारको मनोनयनपत्र दर्ता माघ १० गतेलाई तोकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 

उम्मेदवालाई निर्वाचन चिह्न माघ १५ गते प्रदान गरिने छ भने मतदान २४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ । उक्त निर्वाचनको नतिजा माघ मसान्तसम्ममा सार्वजनिक हुने जानकारी दिइएको छ । 

स्थानीय तहका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य गरी राष्ट्रियसभा निर्वाचनका लागि दुई हजार ५६ मतदाता रहने छन् । 

स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखले दिने मतभार १८ रहने तथा प्रदेशसभा सदस्यले दिने मतभार ४८ हुनेछ । उक्त निर्वाचनका लागि उच्च अदालत रहेको जिल्लामा मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । आयोगका अनुसार, धनकुटा, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ । 

उक्त निर्वाचनमा प्रत्येक प्रदेशबाट तीन महिला, एक दलितसहित आठ जना हिसाबले सात प्रदेशबाट ५६ उम्मेदवार राष्ट्रिय सदस्यमा निर्वाचित हुनेछन् । उनानसठ्ठी सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिशमा तीन जना राष्ट्रपतिबाट चयन गर्ने संवैधानिक व्यवस्था रहेको छ । 

राष्ट्रियसभा सदस्य निर्वाचन प्रत्येक प्रदेशसभा गठन भएको निर्वाचक मण्डलले दिएको एकल सङ्क्रमणीय मत प्रणालीका आधारमा हुनेछ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा राजनीतिक दलसँग माघको पहिलो साता छलफल र परामर्श गर्ने जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुलुकभित्र वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक: श्रममन्त्री भण्डारी सर्वोच्च अदालत कात्तिक १५ देखि १९ गतेसम्म बन्द रहने धोनीले आइपीएल खेल्ने इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ७० जनाको ज्यान गयो अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन : सांसद बडु सरकारले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउँछः गृहमन्त्री धनराज गुरूङमाथि अनुसन्धान गर्न गगन थापाको माग महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस् ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै बाँडे अंक इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सानदार जित करोड बढीको कारोबार गर्दै सम्पन्न भयो १८ औँ गोदावरी पुष्प मेला, ४३ हजारले गरे अवलोकन प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित