Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय महत्वका साथ मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

२०७४, २७ पुष बिहीबार १०:०५

अच्युत रेग्मी/पुस २७, काठमाडौँ । नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै आज राष्ट्रिय महत्वका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । 

दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गरेर सरकारले यस राष्ट्रिय पर्वमा बिदा कटौती गरे पनि यो वर्षबाट सार्वजनिक बिदा दिइएकाले महत्वका साथ राष्ट्रिय एकता दिवस मनाइएको हो । 

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्ति सहभागी हुनुहुन्थ्यो । 


लामो समयदेखि पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्रियस्तरबाट मनाउनुपर्ने माग गर्दै अभियानमा लाग्नुभएका पूर्वमन्त्री मोदनाथ प्रश्रित यो वर्ष यस दिवसमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापतिलगायत सरकारका उच्च ओहोदाका व्यक्तिको उपस्थिति भएकामा खुशी हुँदै भन्नुन्छ, “गत वर्ष यही दिवसका अबसरमा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाँदा पनि प्रहरीले अभद्र व्यवहार गथ्र्याे, अहिले आनन्दका साथ मनाउन पाइयो, हामी सरकारलाई धन्यवाद दिन चाहन्छौँ ।” 

गोरखाका राजा शाहले विसं १८०१ असोज २ गते नुवाकोट विजय गरेपछि पृथ्वीनारायण शाहले तत्कालीन बाइसे तथा चौबीसेसहितका साना राज्य एकीकरण गरेर मुलुकलाई एकसूत्रमा बाँध्नुभएको थियो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा गंगाप्रसाद उप्रेती पृथ्वीनारायण शाहका राष्ट्रिय एकतासम्बन्धी दिव्योपदेशलाई कार्यान्वयनमा ल्याएमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुहुन्छ । “यो दिवस प्रज्ञा–प्रतिष्ठान वा एक मन्त्रालयले मात्र मनाएर हुँदैन, देशव्यापीरुपमा मनाउनुपर्छ”, उहाँ भन्नुहुन्छ । 

पण्डित विश्वप्रेम भट्टराई सरकारले ढिलै भए पनि पृथ्वीनारायण शाहलाई सम्मान गरेर राम्रो कामको थालनी गरेको बताउनुहुन्छ । “सरकारले पृथ्वीनारायण शाहको योगदानलाई ढिलै भए पनि सम्झेको छ, अब मुलुक सशक्त भएर अगाडि बढ्नेछ”, उहाँ भन्नुहुन्छ । 

बाइसे तथा चौबीसेसहितका राज्यलाई एकिकरण गरेर विशाल राज्य खडा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै राष्ट्रिय एकता पार्टीका अध्यक्ष शरद दाहाल भन्नुहुन्छ । “संघीयताको नाममा सरकारले मुलुकमा महत्वपूर्ण योगदान दिने व्यक्तिलाई बिर्सन हुँदैन ।” 


कलाकार सन्तोष पन्त पनि जनताले मानेका व्यक्ति पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सरकारले सार्वजनिक बिदा दिनु नेपाली जनताको विजय भएको बताउहुन्छ । 

विसं २०६२÷६३ को जनआन्दोलनपछि सरकारले यस दिवसमा बिदा कटौती गरे पनि यो वर्षबाट आजका दिन पुनः बिदा दिन थालेको हो । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव पृथ्वीनारायण शाहका दिव्योपदेश नयाँ ढंगबाट अध्ययन गर्नुपर्ने बताउनुहुन्छ । “पृथ्वीनारायण शाहले लामो समयको नेपाललाई कल्पना गरेर दिव्योपदेश दिनुभएको हो, यो अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक देखिन्छ”, उहाँ भन्नुहुन्छ । 

सबै भाषा, धर्म, संस्कृति, चालचलन, बोलिचाली र व्यवहारलाई एकै सुत्रमा बाँध्न सकेमात्र राष्ट्रिय एकता दिवसको सार्थकता हुने उहाँको भनाइ छ । बीस वर्षको सानो उमेरमा गोरखाका राजा हुनुभएका शाहले विभिन्न राज्यलाई एकीकरण गरी विशाल नेपाल बनाउनुभएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ