३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पामा आठ घरका परिवार घरवार बिहिन, आगलागीबाट झन्डै अढाई करोड क्षति

२७ पुष २०७४, बिहीबार १०:५४

टेक शाही/पुस २७, डोल्पा । डोल्पाको मुड्केचुला गाउपालीका बडा नं ९ होर्तमा आगालागीबाट ८ घरका परिवार घरवार बिहिन भएका छन । 

बुधबार दिउसो लागेको आगोबाट करिव २ करोड ३१ लाख ४४ हजार बरावरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । आगलागीबाट मानवीय क्षेति भएको छैन । 


मुड्केचुला वडा नं ९ होर्तका नैन सिंह बुढा,दत्त बुढा,सान्ती बुढा,कर्णगीरी बुढा र पुर्ण बुढाको घर सहित ८ वटा घर पुर्ण रुपमा जलेर नष्ट भएका छन । त्यसै गरि सयौ बर्ष पूरानो मष्टा भगवतीको मन्दीर समेत जलेर भगनावशेषमा परिणत भएको वडा अध्यक्ष जय प्रसाद बुढाले जानकारि दिए ।  

सयौ बर्ष पूरानो मन्दीर र मन्दीरमा रहेका बहुमुल्य मूर्तिहरु समेत जलेर नष्ट भएका छन । उक्त मन्दीर र सयौ बर्ष पूराना मूर्तीका करिव १ करोड बरावरको क्षेति अनुमान गरिएको र अन्य सबैको १ करोड भन्दा मार्थिको क्षेती भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारि दिएको छ । 

आगलागीबाट घर गुमाएका परिवारलाइ तत्तकाल ब्यक्ति गत राहात उपलब्ध गराउने डोल्पा प्रदेशसभा सांसद बिर बहादुर शाहीले घोषणा गरेका छन । सांसद शाहीका अनुसार तत्काल ओड्नको लागी २५ थान वरावर बलाङकेट,खानको लागि ८ कुइन्टल चामल र बस्नको लागि त्रिपालको ब्यवस्था गर्ने प्रतिबद्धता गरेका छन । 

प्रदेशसभा सांसदले भनेका भए पनि जिल्लाबाट पनि थप राहतको ब्वस्था गर्नको लागि आफु बिभिन्न निकायमा लागि परेको वडा अध्यक्ष जय प्रसाद बुढाले जानकारि दिए । उनका अनुसार नेपाल रेडक्रस सोसाइटि लगायत बिभिन्न सरकारी गैरसरकारी कार्यालयहरुमा राहतको लागि पहल गर्न लागेको बताए ।

 हिमपात नभएको र खडेरीको कारण आगलागि भएको स्थानियहरु बताउछन । साना बालवालिकाले नैन सिह बुढाको घर नजिकैबाट आगो लगाएको स्थानियहरुले बताएका छन । तर साना बालवालीका नै हुन भन्ने कुराको पुष्टि भने अहिले सम्म भएको छैन । 


आगलागि भएको करिव १७ घण्टा पछि मात्र नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । अनुमानित क्षेतीको बिवरण निकालेको र मुजुल्का उठाएर जिल्लामा आउदै गरेको प्रहरीले जानकारि दिएको छ । किन र कसरी त्यसरी आगलागी भयो भन्ने कुराको अझै यर्थाथ जानकारि भने कसैले पनि दिन सकेका छैन । सानो गल्तीले आगलागि भए पछि ८ घर परिवारले घरवार नै गुमाएका छन ।

 घरवार नै खरानी भए पछि परिवारका सबै आत्तीएका छन । समुदायमा आफन्तहरुले धैर्यता गर्न प्रोत्साहान गरेका छन । बिभिन्न ठाँउबाट सहयोग गर्ने प्रतिबद्धता समेत गरेको स्थानीयहरु बताउछन । 

जिल्लाका दर्जनौ ठाँउमा आगलागी धुवाले पूरै अध्यारो

डोल्पा जिल्ला भरि दर्जन भन्दा धेरै ठाँउमा आगलागी भै रहेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको रिग्मो पोष्टको जगँलमा ३ दिन देखि आगलागी भएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन स्थानीय,निकुञ्जका कर्मचारि,नेपाली सेनाले नियन्त्रण गर्न नसकेको स्थानीय आङबहादुर लामाले जानकारि दिए । उनका अनुसार बाक्लो घना जगँल र ठुला पूराना सुकेका रुख भएको कारण निभाउन कठिन भएको बताए ।  

 जिल्लाका अधिकाँश जागलमा आगलागि भए पछि सबै क्षेत्रमा धुवाले अध्यारो पारेको छ । त्रिपूरासुन्दरी नगरापलिका,ठुलीभेरी नगरपालिका,काईके गाँउपालिका,मुड्केचुला गाँउपालिका,लगायत अधिकाँश स्थानीय तहका बनहरुमा आगलागी भएको छ । तर यता सरोकारवाला निकायहरु भने मौन नै रहेका छन । आगलागीले दैनिक करोडौको क्षति भने गरि रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली