१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जनप्रतिनिधि आएपछि पहिलोपटक न्यानो लुगा वितरण

२८ पुष २०७४, शुक्रबार ०७:०८

 पुस २८, डडेल्धुरा, (रासस) | स्थानीय सरकार निर्माण भए सँगै डडेल्धुरामा न्यानो लुगा वितरण कार्यक्रम शुरु भएको छ । गाउँपालिका र वडामा निर्वाचित जनप्रतिनिधि आएपछि पहिलो पटक लक्षित समुदाय र वर्गका मानिसलाई न्यानो लुगा वितरण गर्न थालेका छन् । 

डडेल्धुराको आलिताल गाउँपालिका–४ मा वडा कार्यालयले विहिबार न्यानो लुगा वितरण गरेको छ । वडा कार्यालयको निर्णयअनुसार वडाध्यक्षले ४ नं का एकल महिला, ज्येष्ठ नागरिक, शारीरिक अपांगता भएका मानिसलाई न्यानो लुगा वितरण गरेको वडाध्यक्ष चन्द्र बोहराले जानकारी गराउनुभएको छ । 

केही दिनयता चिसो अत्यधिक बढेको र चिसोको असर विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, एकल महिला र अपांग मानिसलाई पर्ने भएकाले उनीहरुलाई चिसोबाट जोगाउनका लागि न्यानो लुगा वितरण गरेको अध्यक्ष बोहराले बताउनुभयो । न्यानो लुगा वितरण कार्यक्रममा ज्येष्ठ नागरिक, एकल महिला, अपांग व्यक्तिलाई आलिताल गाउँपालिकाका प्रमुख बलबहादुर गुरुङको प्रमुख आतिथ्यमा वितरण गरिएको हो । 

न्यानो लुगा वितरण गर्दै गाउँपालिका प्रमुख गुरुङले चिसोका कारण कुनै पनि व्यक्तिले बिरामी हुनुपर्ने अवस्था आउन नदिन र विशेषगरी महिला तथा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई न्यानो पार्नका लागि कम्बल वितरण गरिएको बताउनुभयो । 

आलिताल गाउँपालिकाका ८० जना नागरिकलाई न्यानो लुगा वितरण गरिएको वडाध्यक्ष बोहराले जानकारी गराउनुभयो । डडेल्धुरामा जननिर्वाचित प्रतिनिधि आएपछि पहिलो पटक न्यानो लुगा वितरण गर्न थालिएको हो । परशुराम नगरपालिकामा पनि न्यानो लुगा वितरण गरिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ