२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा सामुदायिक र सरकारी वन अतिक्रमणको चपेटामा किन परे ?

२९ पुष २०७४, शनिबार ०५:४९

उमा केसी/पुस २९, रोल्पा । सामुदायिक वन र सरकारी वन अतिक्रमणको चपेटामा परेका छन् । 

व्यक्तिगत प्रयोजनका लागि घरटहरा बनाउनेदेखि सरकारी निकायले समेत वन क्षेत्र प्रयोग गरेसँगै अतिक्रमणको समस्या बढेको ट । वन क्षेत्रभित्र व्यक्तिगत टहरा निर्माणका साथै हाट बजार, सेना प्रहरीको ब्यारेक, टेलिकमको टावरदेखि एफएम रेडियो टावर निर्माणले जिल्लाको ठूलो वन क्षेत्र अतिक्रमणमा परेको बताइएको छ । 

दक्षिण रोल्पाका झेनाम, दुविडाँडा, मसिना जौलिपोखरीका विभिन्न वन क्षेत्र अतिक्रमण गरी ७९ घरटहरा बनाइएका छन् । ती घरटहरा बनाउँदा करिब दुई हेक्टर वन क्षेत्र अतिक्रमण भएको जिल्ला वन कार्यालयले जनाएको छ । 

यसैगरी साविक मसिना गाविसमा रहेको नेपाली सेनाको गणले करिब १३ हेक्टर वन क्षेत्र लिएको छ । साविक बुढागाउँ गाविसमा पर्ने वन क्षेत्रमा समेत मन्दिर, स्वास्थ्य भवन र व्यक्तिगत टहरा निर्माण गर्दा आधा हेक्टर वन क्षेत्र अतिक्रमण गरिएको छ । साविक नुवागाउँको दहवन, गैरीगाउँको टिला र खुमेलको सातदोबाटोमा मात्रै नेपाली सेना र नेपाल प्रहरीको गुल्म तथा आधार शिविरका लागि ३० हेक्टरभन्दा बढी वन क्षेत्र लिइएको छ । 

नेपाल टेलिकमलगायत अन्य सेवाप्रदायक कम्पनीले स्थापना गरेका टावर र जिल्लामा सञ्चालित सामुदायिक रेडियोका टावरले समेत ठूलो वन क्षेत्र अतिक्रमण गरेको जिल्ला वन कार्यालयले बताएको छ । 

वन ऐनको प्रावधानअनुसार वन क्षेत्रभित्र घरटहरा बनाउन तथा खोरिया फँडानी गर्न नपाइने भए पनि जिल्लामा कानूनविपरीत काम हुँदासमेत सम्बन्धित निकायको ध्यान नपुग्नु दुःखद् भएको संरक्षणकर्मी मनसिं डाँगीले बताउनुभयो । 

स्थानीय जनताले विनाश भएको वन क्षेत्र हराभरा बनाए पनि वन अतिक्रमणले पुनःविनाशको चपेटामा पर्न लागेकामा डाँगीको चिन्ता छ । “सामुदायिक वनसँगको समन्वयविना नै सरकारबाट अनुमति लिएर संरचना बनाउने कार्यले सामाजिक द्वन्द्वसमेत बढिरहेको छ”, उहाँले भन्नुभयो । अतिक्रमणविरुद्ध उपभोक्तालाई सचेतीकरण गरिएको उहाँले जानकारी दिनुभयो । 

सामुदायिक वन उपभोक्ता महासंघ रोल्पाका अध्यक्ष निमकुमारी सिंहले वनको संरक्षण, रेखदेख र व्यवस्थापन गर्नेगरी स्वायत्ततासहितको अधिकारप्राप्तसामुदायिक वनको कुनै पनि भाग अतिक्रमण गरिनु राम्रो नभएको प्रतिक्रिया दिनुभयो । अतिक्रमित सामुदायिक वनको अनुगमन गरी यथाशीघ्र समस्या समाधानका लागि सम्बन्धित निकायमा दवाव सिर्जना गरिने सिंहले बताउनुभयो । 

वन अतिक्रमणको समस्या जिल्लाको पुरानो भएको जिल्ला वन अधिकृत भीम कालीकोटेले जानकारी दिनुभयो । नेपाली सेनाको शिविरकमा रुपमा प्रयोग भएका वनक्षेत्र कानूनी रुपमा नै सेनालाई हकभोग हस्तान्तरण गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गर्न लागेको कालीकोटेले बताउनुभयो । कानूनी रुपमै हकभोग हस्तान्तरण भए वन अतिक्रमण नहुने कालीकोटेको भनाइ छ । 

व्यक्ति तथा कतिपय निजी क्षेत्रले अतिक्रमण गरेको वन क्षेत्रलाई समेत छिटोभन्दा छिटो कानूनी दायरामा ल्याइने जानकारी दिँदै उहाँले । अन्य जिल्लाको तुलनामा रोल्पामा वन अतिक्रमणको समस्या त्यति धेरै नभएको जिकिर गर्नुभयो । 

जिल्लाको कूल क्षेत्रफल एक लाख ८७ हजार १५० हेक्टरमध्ये ५० प्रतिशत बढी वन क्षेत्रले ढाकेको छ । कूल वन क्षेत्रमध्ये ५० प्रतिशत बढी वन सामुदायिक वनका रुपमा हस्तान्तरण गरिएको छ । 

यसैगरी जिल्लाको ४३ हजार ४२२ हेक्टर क्षेत्रफल वन सरकारद्वारा व्यवस्थित वनका रुपमा संरक्षण गरिँदै आएको छ । धार्मिक वन, कबुलियती वन र निजी वनका रुपमा जिल्लामा करिब ३३० हेक्टर वनसमेत विभिन्न व्यक्ति, धार्मिक संस्था तथा समूहलाई हस्तान्तरण गरिएको जिल्ला वन कार्यालयले जनाएको छ । 

वन अतिक्रमणको समस्या राजनीतिसँग समेत जोडिएकाले व्यापक छलफल र राजनीतिक सहमतिले हल गर्न सकिने जानकारहरु बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य