2026-10-15 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

मोटरसाइकलको ठक्करबाट घाइते गिरीको उपचारका क्रममा मृत्यु

पुस २९, जुम्ला । मोटरसाइकलको ठक्करबाट घाइते भएकी चन्दननाथ–९ तलिउम गाउँकी ४० वर्षीया नरकली गिरीको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ । 

उनलाई बुधबार नेपाल दूरसञ्चार शाखा कार्यालय जुम्ला अघि क १ प ४९ नं को मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लागेकी गिरीको उपचार गर्ने शर्तमा चन्दननाथ नगरपालिका–६ जुम्लाका १९ वर्षीय चालक टेकेन्द्र रोकायालाई प्रहरीले छोडेको थियो ।

घाइते गिरीको स्वास्थ्यमा सुधार नहुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले शुक्रबार नेपालगञ्ज रिफर गरेको थियो । रिफर गरिएकी गिरीलाई नेपालगञ्ज लैजाँदै गर्दा जुम्ला विमानस्थलमा उनको मृत्यु भएको प्रतिष्ठानका मेडिकल निर्देशक डा पूजन रोकायाले जानकारी दिए ।

घाइतेको मृत्युपछि चालक रोकाया र मोटरसाइकल दुवै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मृतकका आफन्तले भने गिरीको उपचारमा लापर्बाही गरेको भन्दै शुक्रबार बेलुका प्रतिष्ठानप्रति आक्रोश पोखेका छन् ।

उनीहरुले मृतकको परिवारका लागि उचित राहतको व्यवस्था गर्ने समझदारी नभएसम्म शव नबुझ्ने चेतावनी दिएका छन् । जसका लागि आज जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय, प्रतिष्ठान र पीडित पक्षबीच वार्ता हुने प्रतिष्ठानले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए