2026-10-31 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

तिलौराकोटको उत्खनन गर्न कस्सिए पुरातत्वविद्

पुस ३०, कपिलवस्तु । प्राचीन कपिलवस्तु दरबार क्षेत्र (तिलौराकोट) मा यस वर्ष पुनः उत्खनन शुरु गरिएको छ ।

बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले प्राचीन कपिलवस्तु दरबार क्षेत्र हालको तिलौराकोटमा उत्खनन गरिरहेका छन् ।

उत्खनन कार्य दुरह्याम विश्वविद्यालयका प्रोफेसर रविन्स कनिंघम, पुरातत्व विभागका पूर्वनिर्देशक कोषराज आचार्य, पुरातत्व विभागका प्रवक्ता एवं प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरलगायत लुम्बिनी विकास कोषका पुरातत्वविद्को सहभागितामा उत्खनन कार्य अघि बढेको छ ।

यसअघि उत्खनन गरिएका भग्नावशेषबाट प्राचीन कपिलवस्तु नगरको मुख्य दरबार क्षेत्र तिलौराकोट नै रहेको प्रमाणित भइसकेको र बाँकी उत्खननले तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सघाउ पुग्ने पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए ।

अत्याधुनिक प्रविधिबाट शुरु गरिएको अन्वेषण र उत्खननबाट आधिकारिकरुपमा प्रमाणसहित यस स्थानलाई राजा शुद्धोधनको राजदरबार क्षेत्रका रुपमा विश्वसामु चिनाउन यो उत्खनन निकै महत्वपूर्ण रहेको उत्खनन कार्यमा संलग्न दुरह्याम विश्वविद्यालयका प्रोफेसर रवीन कनिंघमले बताए ।

यस वर्ष मुख्य दरबार क्षेत्र तीन स्थानमा उत्खनन, अन्वेषण र संरक्षण गरिने परियोजनाका पुरातत्वविद् कोषराज आचार्यले बताए । जनवरी ५ देखि शुरु भएको उत्खनन कार्य फेबु्रअरी २५ सम्म रहनेछ, पुरातत्वविद् आचार्यले भने, ‘सातौँ शताब्दीतिर प्रसिद्ध चिनियाँ तीर्थयात्री हुएन–साङ्गले यस क्षेत्रको भ्रमणपछि लेखेको यात्रा स्मरणका अनुसार गौतम बुद्धका पिता राजा शुद्धोदनको राज दरबार एउटा नदीको किनारमा अवस्थित, दरबार क्षेत्रलाई चारैतिरबाट मजबुत दोहोरो सुरक्षा पर्खालको घेरामा रहेको लगायतका स्थानमा रहेको वर्णन गरिएको छ ।’

यसका साथै दरबार क्षेत्र आसपासका बाटोलगायत यात्रा स्मरणमा लेखिएका अन्य कुरा पनि तिलौराकोट दरबार क्षेत्रमा फेला परेको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय