२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

माघीमा रम्दैछन् दाङका थारुबस्ती

१ माघ २०७४, सोमबार ०४:०८

माघ १, दाङ । युवती घर लिपपोतमा व्यस्त छन्, पुरुष माघीका लागि मासुको जोहो गर्ने तरखरमा छन् । 

भाडाकुँडा सबै सफा गरिएका छन् । यो दृश्य यहाँका प्रायः सबै थारु बस्तीमा देखिएको छ । थारुगाउँमा थारु समुदायका महिला तथा पुरुष आआफ्नै काममा व्यस्त देखिन्थे । 

पुरुष सुँगुरको मासु कति काट्नेदेखि लिएर अन्य काममा व्यस्त देखिन्थे भने महिला रोटी पकाउनेदेखि लिएर दुनाटपरी खुट्नमै व्यस्त थिए । दिनभर माछा मार्नेलगायतका काममा थारु समुदायका मानिस माघीको तयारी गर्दै थिए । माघीको अघिल्लो दिन सुँगुरको मासु काट्ने, रोटी पकाउनेलगायतका काम तयारीस्वरुप हुने तुलसीपुर उपमहानगरपालिका–६ का ज्ञानसिंह चौधरीले बताउनुभयो ।


उनीहरुले माघीमा जाँड र मासु खानका लागि दुनाटपरी बनाउन लागेको समेत बताएका थिए । आफ्नो घरको आँगनमा बसेर दुनाटपरी बनाउँदै गर्नुभएकी बुझौनी चौधरीले भन्नुभयो “माघीका लागि खानाखान प्रयोग गर्नका लागि दुनाटपरी बनाउँदै गरेकी हुँ । माघीमा घरका सबै परिवार नातेदार र पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खाना खानका लागि धेरै चहिन्छ त्यसैले बनाउन लागेको हो ।”

तुलसीपुर–६ को रजौरा बस्तीमा मात्र होइन यहाँका अन्य स्थानका थारु बस्तीमा पनि माघीको रौनक बढ्दै गएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ कपडादेवी मनराखी चौधरी पनि माघीका लागि दुनाटपरी बनाउन मै व्यस्त हुनुहुन्थ्यो आइतबार । आफ्ना बुहारीसँगै बसेर दुनाटपरी बनाउन मै व्यस्त मनराखी माघीमा खानको लागि मालुको पातको दुनाटपरी बनाउन  मै व्यस्त हुनुहुन्थ्यो । मालुको पातका दुई किसिमका दुनाटपरी बनाउँदै गर्नुभएकी मनराखीले ठूलो दुना जाँड खानको लागि र सानो टपरी सुँगुरको मासु खानको लागि बनाउन लागेको बताउनुभयो ।

करिब पाँच दिन अगाडिदेखि आफूहरु परिकार बनाउनका लागि लागिपरेको तुलसीपुर उपमहानगरपालिका–१२ नयाँ बस्तीका शारदा चौधरी बताउनुहुन्छ । एक महिना अगाडिदेखि नै पातका लागि वन जाने, दाउराका लागि वनमा जाने गरेको भए पनि परिकारका लागि पुस २५ गतेदेखि आफूहरु लागिपरेको उहाँको भनाइ छ ।

माघीको लागि अचार बनाउँदै गर्नुभएकी शारदाले माघीका लागि विशेष परिकारका रुपमा लिइने ढिक्री माघ १ गते बनाउने

भए पनि अन्य रोटीलगायत अचार बनाउने काम गरिरहेको बताउनुभो । सबै परिकार आफूले तयार गरिसकेको, शुक्रबार र शनिबार माछा मार्ने काम गरेको चौधरी बताउहुन्छ ।

माघ १ गते बिहानमा ढिक्री बनाउने चलन रहेको र माघ १ गते सबै जम्मा भएर खाने रमाउने गर्ने चलन रहेको उहाँको भनाइ छ । “सबै परिकार बनाइसके अब माघ १ गते बिहानमा ढिक्री बनाउने हो” उहाँले भन्नुभयो– “माघीमा सबैजम्मा हुने रमाउने यही त हो नि ।” माघमा ढिक्री बनाउने चलन रहेको भए पनि माघको १ गते बनाउने गरिन्छ । यस्तै माघीमा माछा मार्ने चलन पनि रहेको छ ।

माघीमा माछा मार्ने प्रचलन रहेकाले आफूहरु माछा मार्नको लागि बबई नदीमा आएको बबई नदीमा माछा मार्दै गरेकी तुलसीपुर उपमहानगरपालिका–१७ की लीला चौधरीले भन्नुभयो “माछा मार्नका लागि गाउँमा युवायुवती जम्मा यहाँ आएका हौँ ।” “माघीमा माछा मार्ने प्रचलन रहेको छ” रमाइलो हुन्छ माछा मार्न उहाँले भन्नुभयो ।

माघीलाई थारुको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा घरमा सुँगुर काट्ने चलन छ, जसलाई जिता मरना दिनु भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी ९पिठोको एक परिकार०, माछालगायतको परिकार बनाएर जाँड, रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ ।

यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ । नुहाइसकेपछि घरमा आइ दाल, चामल, नुन छोएर आफ्ना छोरी चेलीलाई टीका लगाइदिने चलन पनि रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने