Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रुकुममा आगलागीमा परेर दुई जनाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २, रुकुम । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा आगलागीमा परेर दुईजनाको मृत्यु भएको छ ।

गाउँपालिकाको वडा नं ३ को लालपाटन जंगलमा गत शुक्रबारदेखि लागेको आगलागीमा परेर घाँसदाउरा लिन जाने गाउँपालिका वडा नं ७ का श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिनुभयो ।

दुवैजनाको आगलागीमा परेर आइतबार बिहान मृत्यु भएको भएपनि जिल्लाको सबैभन्दा विकट ठाउँ भएकाले ढिला गरी जानकारी आएको प्रजिअ सापकोटाको भनाइ छ ।

आगलागीमा परेर सोही ठाउँका शेरबहादुर बोहरा गम्भीर घाइते भएको प्रजिअ सापकोटाले बताउनुभयो । घाइते बोहराको जिल्लामा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रजिअले जानकारी दिनुभयो । सो जंगलमा अहिले पनि आगलागी भइरहेको बताइएको छ । रासस