पढ्न करिब 2 मिनेट लाग्छ

माघ २, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा एक महिलाले पुरुषको हत्या गरिदिएकी छिन् । कैलालीकी ३० बर्षीय धर्मा बोहराले बैतडीका २५ बर्षिय राजु बोहराको हत्या गरिदिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धनगढी उप महानगरपालिका–३ चटकपुरकी विवाहित धर्मा बोहराले बैतडी दशरत चन्द नगरपालिका–२ देहिमाण्डौँका राजु बोहराको हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख डिल्लीराज विष्टले गयेराती धर्माले राजुको घाँटीमा छुरा प्रहार गरि हत्या गरेको बताए । उनका अनुसार घाईते राजु बोहराको उपचारका क्रममा डेढबजे महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको छ ।

कञ्चनपुर प्रहरी प्रमुख विष्टले धर्मा बोहरालाई पक्राउ गरि अनुसन्धान भईरहेको बताए । मृतक बोहराको शव पोष्टमाष्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

कञ्चनपुर प्रहरीले घटनाका बारेमा गहिरो अनुसन्धान भईरहेको जनाएको छ । घटनाको सत्यतथ्य बाहिर ल्याएर घटना सार्वजनिक गर्ने प्रहरीको भनाई छ ।

डेढ महिना अघि श्रीमान श्रीमती बनेर भीमदत्त नगरपालिका–१८ कटान इन्द्रनाथ योगीको घरमा डेरागरी बस्दै आएका धर्मा बोहरा र राजु बोहराको अवैध सम्बन्ध रहेको खुलेको छ ।

शसस्त्र प्रहरी बल जवान पदबाट निलम्बीत राजु बोहराले आफ्नो घरबार बिगारेको धर्माले प्रहरी समक्ष बयान दिएकी छिन् । राजुले पटक पटक धर्मालाई झुल्याएर यौनदुराचार गर्दै अश्लील भिडियो बनाएर बार्किनिङ्ग गर्दै आएका थिए ।

घरधनी इन्द्रनाथ योगीले मंसिर २२ गते राजुले प्रहरी हुँ भन्दै श्रीमान श्रीमतीका लागि डेरा लिएको बताए ।

विवाहित महिला र अविवाहित पुरुषको अवैध सम्बन्धबाट महिलाको घरबार बिग्रीनु र पुरुषको जागिर धरापमा पर्दा यस्तो परिमाण आएको समाजिक अगुवाको बुझाई छ ।

अबिवाहित जागिरे पुरुषले बिवाहित महिला संग र बिवाहित महिलाले अविवाहित पुरुषसंग अवैध यौन सम्पर्कका लागि समाजमा विकृती बढ्दै गएको समेत समाजिक अगुवाको चिन्ता छ । समाजमा संस्कार हराउदै गएकाले यस्ता उच्छृङगल घटना भईरहेको समाजिक अगुवाको चिन्ता छ ।