३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विष्णुपुर गाउँपालिकाको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड

३ माघ २०७४, बुधबार ०७:०५

राम नारायण पंडित/माघ ३, सिरहा । विष्णुपुर प्र.म. गाउँपालिकाले प्रथम गाउँसभाबाट २० करोड ४९ लाख ३३ हजार ५ सय ५२ रुपैयाको बजेट सार्वजनिक गरेको हो । 

२० वर्षपछि भएको स्थानीय तहको निर्वाचन पश्चात मंगलबार सम्पन्न पहिलो सभाबाट आर्थिक बर्ष ०७४/०७५ का लागि सो बजेट प्रस्तुत गरिएको छ । 

गाउँपालिकाका अध्यक्ष जागेश्बर यादबले अगामी आर्थिक बर्षका लागि अनुदान वापतको ४ करोड ५९ लाख ७० हजार, वित्तिय सामाणीकरणबाट प्राप्त अनुदान ११ करोड ९५ लाख ९४ हजार, गत वर्षको मौज्दात बाँकी बैंक मौज्दात ६४ लाख ४३ हजार ५ सय ५२, आन्तरिक श्रोतको अनुमानित १ करोड २० हजार, सामाजिक सुरक्षा तर्फको जम्मा २ करोड २९ लाख ६ हजार गरी कुल २० करोड ४९ लाख ३३ हजार ५ सय ५२ रुपैयाको बजेट सार्वजनिक गरेका हुन् । 


गाउँपालिकाले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत कार्यालय संचालन तथा चालु खर्च तर्फ २ करोड ३० लाख, पुँजीगतका विभिन्न विषयगत क्षेत्रमा शिक्षा तर्फ ३ करोड २५ लाख ९३ हजार, स्वास्थ्य तर्फ १६ लाख ३६ हजार, औषधी खरिद तर्फ १० लाख, कृषी तर्फ ३२ लाख, पशु स्वास्थ्य तर्फ ११ लाख ६८ हजार, खानेपानी तर्फ ७ लाख ५० हजार, अन्य पुँजीगत पुर्वाधार निर्माण अन्तर्गत वडा कार्यालय तर्फ ५ करोड ३० लाख, अन्य सामाजिक सुरक्षा तथा वालपोषण तर्फ २ करोड २९ लाख ६ हजार, गाउँपालिका भवन निर्माण मेसिनरी खरिद लगायत अन्य पुजीगत निर्माण तर्फ ५ करोड ५६ लाख ८० हजार ५ सय ५२ गरी कुल २० करोड ४९ लाख ३३ हजार ५ सय ५२ विनयोजन गरका छन् । 

जनताको हित र कल्याणको पक्षमा सदुपयोग गर्नुको साथै ५ वर्षको अवधिलाई फलदायी र उपलब्धीमुलक बनाउने लक्ष्यका साथ वजेट, नीति तथा कार्यक्रम तयार गरिएको अध्यक्ष यादवले वताले बताए । अध्यक्ष यादबले शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा विशेष जोड दिने लक्ष्यका साथ बजेट विनियोजन गरेको स्पष्ट गरे । 

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिरहका उपसभापति सरोज कुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक राजन भेटवाल, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकीय अधिकृत कमलदेव यादव, कार्यकारी अधिकृत राम प्रमोद यादव, नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ताको साथै स्थानीय राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नागरिक समाज, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली