पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ ४, बैतडी ।</b> बैतडीको दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीमा एक घरमा गएराति आगलागी भएको छ । <br></p><p>दुर्गाभवानीका केशव क्षेत्रीको घरमा आगलागी हुँदा रु ५५ हजार नगदसहित जलेर रु एक लाख ५५ हजारभन्दा बढीको क्षति भएको देहिमाडौँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजबहादुर पालीले जानकारी दिनुभयो । </p><p>विद्युत् तार सर्ट भएर आगलागी भएको र आगलागीबाट घरभित्र रहेका नगदसहित लुगा, कपडा, मोबाइल सेट, रेडियो, खटिया, सोफा, टेबुल, दराज जलेर नष्ट भएको हो । घटनाको मुचुल्का तयार गरेको र आज जिल्ला प्रशासन कार्यालयमा पेश गरिने प्रहरी चौकी देहिमाडौँले जनाएको छ । रासस </p>

