१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा ल्याब सेवा सञ्चालन, ज्येष्ठ नागरिकको निःशुल्क परीक्षण

४ माघ २०७४, बिहीबार ०७:५३

माघ ४, डडेल्धुरा | डडेल्धुराको अजयमेरु गाउँपालिकाका ६ वटा वडामध्ये ५ वडाका स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको अजयमेरु गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाभित्र रहेको लक्षित समुदायका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिन र उनीहरुलाई नजिकै स्वास्थ्य संस्थामा छिटो र छरितो किसिमले जाँच गराउने नीति लिएर गाउँपालिकाका पाँच वटा वडामा ल्याब सेवा सञ्चालन गराइएको अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भट्टले बताउनुभयो । 

अजयमेरु गाउँपालिकाको २ नं वडामा रहेको स्वास्थ्य चौकीमा ल्याब सेवाको उद्घाटन गर्ने क्रममा अध्यक्ष भट्टले अजयमेरु गाउँपालिकालाई समृद्ध र स्वस्थ वडाका रुपमा विकसित गर्नका लागि पनि सबै वडामा खोलिएको ल्याब सेवाले उदाहरणीय कार्य गर्ने बताउनुभयो । 

वडामा नै ल्याबको व्यवस्था भएसँगै स्थानीयवासी हर्षित भएका छन् । डडेल्धुरा जिल्लामा रहेका सात पालिकामध्ये अजयमेरु गाउँपालिकाले मात्रै यो सेवा सञ्चालन गरेको हो । ल्याब सेवा सञ्चालन भएसँगै स्थानीय ज्येष्ठ नागरिक अपाङ्ग, बालबालिका, एकल महिला र अन्य सर्वसाधारण पनि खकार, रगत, पिसाब, दिशा जाँच गर्न पाउने भन्दै खुसी भएका छन् । यो सेवा सञ्चालन नहुँदा अजयमेरु गाउँपालिकाका मानिस रगत, खकार परीक्षण गर्नका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको थियो । अजयमेरु गाउँपालिकाको ६ नंमा पनि चाँडै यो सेवा सञ्चालन गरिने अध्यक्ष भट्टले जानकारी गराउनुभयो । 

ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप गाउँपालिकाबाट छ वटै वडाका ४५० भन्दा बढीलाइ कम्मल र टोपी वितरण गरेको अजयमेरु गाउँपालिका–१ का वडाध्यक्ष दत्तीसिंह भण्डारीले जानकारी गराउनुभयो । अजयमेरु गाउँपालिकाका छ वटै वडाले स्थानीय जनप्रतिनिधि आएसँगै तीव्ररुपमा विकास निर्माण र अन्य गतिविधि सञ्चालनमा ल्याएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार